सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

बेदकोटमा माछापुच्छ्रे बैंकको शाखा रहित बैंकिङ सेवा सुरु

209
Sana Kishan

महेन्द्रनगर । माछापुच्छ्रे बैंक लिमिटेडले कञ्चनपुरको बेदकोट नगरपालिका–९ स्थित लालपुर बजारमा शाखा रहित बैंकिङ सेवा सञ्चालन गरेको छ । शुक्रबार शाखा रहित बैंकिङ सेवा समुद्घाटन कार्यक्रमका प्रमुख अथिति बेदकोट नगरपालिका–९ का वडाध्यक्ष राम सिंह धामीले रेवन काटेर उद्धघाटन गरेका छन् ।

Arus

यो संगैँ जिल्लामा माछापुच्छ्रे बैंकका शाखा रहित बैंकिङ सेवा ४ र देश भरी १ सय ७८ पुगेको माछापुच्छ्रे बैंक लिमिटेड महेन्द्रनगर शाखा प्रमुख दिपक खड्काले बताए ।

Nepali Khaja

उनकाअनुसार मामाछापुच्छ्रे बैंकले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरूलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले आज लालपुर बजारमा शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो ।

Karnali Traders

सो स्थानमा सेवा संचालनका लागि स्थानीय समाजेसेवी युवा विरेन्द्र कलौनीलाई प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ । ‘यो शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराइने छ ।’ महेन्द्रनगर शाखा प्रमुख खड्काले भने ‘शाखा रहित बैंकिङ बाट सेवाग्राहीले जुनसुकै समयमा पनि सेवा लिन सक्ने छन् ।’

समुद्धघाटन कार्यक्रममा माछापुच्छ्रे बैंक लिमिटेड सुदूरपश्चिम प्रदेश प्रमुख हरि ऐर,लालपुर बजार व्यवस्थापन समितिका अध्यक्ष जय बहादुर बोहरा,नेपाली काँग्रेस बेदकोट नगरपालिकाका नगर सदस्य प्रदिप पाल नेपाली कांग्रेस वेदकोट नगरपालिका वडा नम्बर ९ का सभापति , अन्तर्राष्ट्रिय सुदुर पश्चिमेलि नेपाली समाजका महासचिव दिलेन्द्र प्रसाद जोशी , सुदुर खबर वान युट्युब का संचालक प्रकाश कलौनी , बैतडी जिल्लाका शर्माली गा.बि.स का पुर्व सचिव नन्द किशोर कलौनी , KFG मिटमार्टका संचालक धिरेन्द्र डगौरा  तथा विभिन्न संघ संस्था प्रतिनिधि,पत्रकार लगाएत स्थानियको उपस्थिति रहेको थियो ।

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.