सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

ब्रेन स्ट्रोक : कसलाई, किन र कसरी हुन्छ ?

54
Sana Kishan

पक्षघात अर्थात ब्रेन स्ट्रोक दिमागको कुनै भागमा रक्त सञ्चार बन्द हुनु अथवा कम हुनाको कारण हुन्छ । दिमागमा अक्सिजन तथा पोषक तत्वहरुको कमी हुनाले ब्लड भेसल्स अर्थात रक्त बाहिकाहरुका बीचमा रगत जम्नाले यसको क्रियाहरुमा बाधा पुग्छ । जसका कारण दिमागका मांशंपेशीहरु नष्ट हुन थाल्छन्, जसका कारण दिमागले आफ्नो नियन्त्रण गुमाउँछ । यसलाई नै स्ट्रोक अथवा पक्षघात भनिन्छ । यदि यसको उपचार समयमा नै भएन भने दिमाग सधैंका लागि ड्यामेज हुनसक्छ । जसका कारण मानिसको मृत्यु पनि हुन सक्छ ।

आज विश्वमा करीव ८० मिलियन मानिसहरु ब्रेन स्ट्रोकको समस्याले ग्रसीत छन् । ५० मिलियन भन्दा बढि मानिसहरु स्थाई रुपमा विकलाङ्ग भैसकेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार २५ प्रतिशत ब्रेन स्ट्रोकका विरामीहरुको औषत उमेर ४० वर्षको रहेको छ । यो कुरालाई ध्यान दिँदै हरेक वर्ष अक्टोबर २९ का दिन वल्र्ड स्ट्रोक पनि मनाइन्छ । जसको उद्देश्य स्ट्रोकको रोकथाम, उपचार र सहयोगप्रति मानिसहरुको जागरुकता बढाउनु हो ।

Arus

संसारभरीमा ब्रेन स्ट्रोकलाई मृत्युको तेस्रो कारण मानिन्छ । नेपालमा पनि ब्रेन स्ट्रोकका कारण धेरै मानिसहरुले आफ्नो ज्यान गुमाएका छन् । यसो हुनुको कारण यहाँ ब्रेन स्ट्रोक जस्तो मेडिकल इमर्जेन्सीको स्थितिमा यसको लक्षण, कारण, रोकथाम र तत्काल उपायप्रति जनजागरुकताको धेरै अभाव रहेको छ । ब्रेन स्ट्रोकका बिरामीहरुलाई तत्काल उपचार गराउनाले उनीहरु ठिक हुने सम्भावना ५० देखि ७० प्रतिशतसम्म हुन्छ ।

Nepali Khaja

प्रमुख कारण

ब्रेन स्ट्रोक हुनुका कारणहरुमा आजको व्यस्त जिन्दगीमा मानसिक तनाव, जीवनशैली, धुम्रपान, मदिरापान, हाई ब्लडप्रेशर, डाइबिटीज, मोटोपन आदिलाई प्रमुख मानिन्छ । यी बाहेक आरामदायक अथवा निरन्तर बसेर काम गर्ने शैलीले पनि दिमाग र मुटु सम्बन्धि रोगहरु निम्त्याउने गर्छ । यहि कारणहरुले गर्दा हिजोआज बे्रन स्ट्रोक जस्ता समस्या दिन–दिनै बढ्न थालेका छन् ।

यी सबै कारणहरु बाहेक वातावरण र मौसममा असामान्य परिवर्तन, जुन हाम्रो छाला र दिमागलाई विपरीत ढंगबाट प्रभावित गरिरहेको हुन्छ, भन्ने कुरा धेरैलाई थाहा हुँदैन । यसको परिणाम भविष्यमा झन् घातक प्रमाणित हुन सक्छ । यसका लागि रुखहरु काट्नेहरु मुख्यरुपले जिम्मेवार छन् ।

ब्रेन स्ट्रोकलाई सामान्य रुपमा वेवास्ता गरिन्छ । जबकि हरेक ६ जना व्यक्तिहरु मध्ये १ जना व्यक्ति जिन्दगीमा कुनै न कुनै दिन यसको चपेटामा आउँछ । जाडो मौसममा यसको आशंका अझ धेरै बढ्छ । हृदयघात, क्यान्सर र डाइबिटीज जस्तो रोगहरुलाई जति गम्भिर रुपमा लिइन्छ, त्यति गम्भिरतापूर्वक ब्रेन स्ट्रोकलाई लिइँदैन ।

टाइप–२ डाइबिटीजका बिरामीहरुलाइ ब्रेन स्ट्रोकको खतरा धेरै हुन्छ । हाई ब्लड प्रेशर र हाईपर टेन्शनका विरामीहरु यसको चपेटामा छिट्टै आउँछन् । गर्भ निरोधक चक्किको सेवन र कोलेस्ट्रोलको बढ्दो स्तरले पनि ब्रेन स्ट्रोकलाई निम्त्याउने गर्छ ।

ब्रेन स्ट्रोकको लक्षण

हाम्रो सम्पूर्ण शरीरमा दिमागको काम धेरै महत्वपूर्ण हुन्छ । यस्तो अवस्थामा शरीरका अन्य रोगहरुलाई वेवास्ता गरियो भने यसले हाम्र्रो दिमागलाई विपरीत ढंगले प्रभावित गर्छ । ब्रेन स्ट्रोकको संकेतको रुपमा मुख, हात र खुट्टा बाङ्गो हुनु, रिँगटा लाग्नु, टाउकोे दुख्नु, धमिलो देख्नु, बोल्न र हिँड्न समस्या हुनु, ढाड दुख्नु आदि प्रमुख लक्षणहरु हुन् । स्ट्रोक नन–ब्लिडिङ र ब्लिडिङ दुई किसिमका हुन्छ । जसमा दिमागको नसा सुन्निने र पछि नसा फुट्छ ।

Karnali Traders

स्ट्रोकको प्रकार अनुसारको उपचार

ब्रेन स्ट्रोक हुँदा तत्काल चिकित्सा अति नै आवश्यक हुन्छ । यस्तो उपचार स्ट्रोक शुरु भएको ३ देखि ४ घण्टाभित्र गरियो भने दिमागलाई क्षति र सम्भावित समस्याहरु कम गर्न सकिन्छ । उदाहरणका रुपमा ३ घण्टा भित्र क्लोट बस्टिङको औषधी दिनु आवश्यक छ । त्यसपछि डाक्टरद्वारा सम्पूर्ण जाँच अर्थात सिटीस्क्यान, एमआरआई आदि गरि सकेपछि स्ट्रोकको उपचार शुरु गरिन्छ, जसको उद्देश्य दिमागलाई क्षति हुनुबाट रोक्नु हो ।

यदि स्ट्रोक दिमागमा रक्त सञ्चार रोकिएको कारणले भएको हो भने त्यसका लागि निम्नलिखित उपचारहरु गर्नु पर्छ ।

नन–ब्लिडिङ ब्रेन स्ट्रोक भएको तीन घण्टाभित्र क्लोट बस्टिङ ड्रगको इन्जेक्सन दिनु अति नै आवश्यक हुन्छ । यसको साथै रगत पातलो गर्ने औषधि पनि दिनु पर्छ, जसका कारण रगत जम्न पाउँदैन । यस बाहेक सर्जरी पनि गरिन्छ, जसमा गर्दनको संकुचित रगत भेसेल्स (रक्त कोशिका) लाई खोलिन्छ । यदि ब्लिडिङका कारण ब्रेन स्ट्रोक भएको हो भने त्यस्तो औषधि दिइन्छ, जसले रगतलाई जम्न दिँदैन र रगतलाई सामान्य बनाउन सहयोग पु¥याउँछ । दिमागबाट रगतलाई हटाउन अथवा दबाव कम गर्नका लागि सर्जरी गरिन्छ ।

चुँडिएको रक्त बाहिकालाई जोड्नका लागि सर्जरी गरिन्छ । ब्लिडिङलाई रोक्नका लागि क्वाइल अर्थात तारको प्रयोग गरिन्छ । दिमाग सुन्निनबाट बच्न अथवा रोक्नका लागि औषधि प्रदान गरिन्छ । यस बाहेक दिमागको खाली भागमा ट्यूब हालेर दबाव कम गर्ने प्रयास गरिन्छ ।

अफेसिया हुने खतरा

स्ट्रोकपछि विरामीहरुमा शारीरिक र मानसिक अक्षमता हुने शंका धेरै हुन्छ । जुन स्ट्रोकबाट प्रभावित भाग र आकारमा निर्भर हुन्छ । नेशनल अफेसिया एसोसिएशनको रिपोर्ट अनुसार २५ देखि ३० प्रतिशत ब्रेन स्ट्रोकका विरामीहरु अफेसियाको चपेटामा आउँछन् ।

यो एउटा त्यस्तो स्थिति हो, जसले विरामीको बोल्ने, लेख्ने र व्यक्त गर्ने क्षमतालाई प्रभावित गर्छ, जसलाई ल्याङ्वेज डिसअर्डर भनिन्छ । यस्तो रोग ब्रेन ट्यूमर, बे्रन इन्फेक्सन, अल्जाइमर आदि कारणले हुन्छ । कहिलेकाहिं अफेसिया एपिलेप्सी अथवा अन्य न्यूरोलोजिकल डिसअर्डरको संकेतको रुपमा पनि देखिन्छ ।

सहायक हुन्छ रिह्याबिलिटेशन (पुनर्वास)

ब्रेन स्ट्रोकको कारण भएको क्षतिलाई कम गर्नका लागि रिह्याबिलिटेशन अर्थात पुनर्वास धेरै हदसम्म सहयोगी हुन्छ । रिह्याबिलिटेशनबाट धेरै विरामीहरुको स्वास्थ्य राम्रो हुन्छ । कोहि–कोहि विरामी पूर्ण रुपमा ठीक हुन सक्दैनन् । मृत्त छालाका कोशिकाहरु, नर्व सेल्सलाई ठीक अथवा प्रतिस्थापित गर्न सकिंदैन तर मानिसको दिमाग लचकदार हुन्छ । यसमा विरामीले हानिरहित सेल्सको प्रयोग गरेर काम गर्ने नयाँ तरिकालाई सिक्न सक्छ । त्यस्तो स्थितिमा विरामीको जीवनलाई सही हेरचाहका साथ प्रोत्साहनको माध्यमबाट सार्थक बनाउन सकिन्छ । अनलाइनखबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.