सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आमाबुवाको भावना बुझौं

संसारमा यस्ता पात्र को होलान्, जो तपाईंको प्रगतिमा खुसी हुन्छन् । तपाईंको सुखको कामना गर्छन् । तपाईंको उन्नतीले प्रफुल्ल हुन्छन् । ति पात्र तपाईंका आमाबुवा हुन् ।

आमाबुवाले कहिले पनि छोराछोरीको कुभलो सोच्दैनन् । छोराछोरीको उन्नती, सुख र खुसीमा नै आमाबुवाले परम सन्तुष्ट हासिल गर्छन् ।

तर, आमाबुवाको भावनालाई छोराछोरीले बुझ्दैनन् । आमाबुवा के चाहन्छन् ? छोराछोरीले ख्याल गर्दैनन् । आमाबुवाले दर्शाउने माया, ममतालाई उनीहरुले लत्याइदिन्छन् । यही कारण छोराछोरी र आमाबुवावीच अहिले दूरी बढ्दो छ ।

World Link Ads
Mahakali Polytechnic

हरेक सम्बन्धभन्दा माथि र अटूट हुन्छ, आमाबुवासँगको सम्बन्ध । यसलाई चाहेर पनि कसैले तोड्न सक्दैन । तर हिजोआज कतिपय छोराछोरीले आमा–बुबाप्रतिको आफ्नो कर्तव्यलाई बिर्सिंदै गएका छन् । त्यस्ता विभिन्न कारणहरु हुन्छन्, जसले गर्दा आमा–बुबासँग छोराछोरीको सम्बन्ध विग्रन सक्छ ।

आखिर कसरी आमाबुवासँग सुमधुर सम्बन्ध कायम राख्ने ? कसरी आमाबुवाको भावनालाई बुझ्ने

भावना बुझौं

आफ्नो आमा–बुबाको भावनालाई बुझ्ने प्रयास गरौं, जसका कारण तपाईं उनीहरुलाई खुशी प्रदान गर्न सक्नु हुन्छ । सन्तानबाट खुशी पाउनु आमा–बुबाको अधिकार पनि हो । तपाईले विभिन्न कुराहरुम सम्झौता गर्नु पर्ने हुन्छ, जसले तपाईंहरुको सम्बन्धमा सुधार ल्याउन सक्छ ।

Sana Kishan

आफ्नो प्रतिक्रिया दिने

यदि तपाईं आफ्नो आमा–बुबासंगको सम्बन्धलाई सुधार्न चाहनु हुन्छ भने तपाईंले उनीहरुसंग कुरा गर्नु आवश्यक हुन्छ । उनीहरु स्वयं आएर कुरा गरुन् भन्ने कुराको कहिल्यै पनि प्रतिक्षा गर्नु हुँदैन । तपाईंले आफ्नो आमा–बुबालाई आफुले कति माया गर्ने र आफुलाई उनीहरुको कति चिन्ता छ भन्ने कुरा बताउनु तपाईको कर्तव्य हो ।

आमा–बुबाको कुराको सम्मान राख्ने

यदि तपार्इं आफ्नो आमा–बुबाको कुनै कुरामा सहमत हुनु हुन्न भने यसको बारेमा कहिल्यै पनि तपाईंको आमा–बुबालाई थाहा दिनु हुँदैन । त्यसो गर्नाले उनीहरुको भावनामा ठेस पुग्न सक्छ र तपाईंहरुको सम्बन्धमा सुधार आउनु भन्दा झन बिग्रन सक्छ । त्यसैले उनीहरुको हरेक कुरा र निर्णयको सम्मान गर्नु आवश्यक छ ।

सराहना गर्ने

आमा–बुबाले गरेका हरेक कुराको सराहना गर्नु आवश्यक छ । हरेक सुख दुःखमा सधैं तपाईंको आमा–बुबा तपाईंसंगै उभिन्छन् । तपाईंका आमा–बुबाले तपाईंका लागि गरेका हरेक कुराहरु, जसलाई शब्दमा परिभाषित गर्न सकिंदैन, ती कुराहरुलाई सधैं तपार्इंले महसुस गर्नु पर्छ । आफ्नो सम्बन्धमा सुधार ल्याउनका लागि तपाईंले आफ्ना आमा–बुबाका हरेक कामलाई कति सम्मान गर्नु हुन्छ भन्ने कुरा अनुभव गराउनु आवश्यक छ । यसले तपाईंको सम्बन्धलाई सुधार्न सहयोग पु¥याउँछ । अनलाइनखबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.