सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

उत्तराधिकारी घोषणा गर्ने गल्ती गर्दिनँ : प्रचण्ड

142
Sana Kishan

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उत्तराधिकारी घोषणा गर्ने गल्ती आफूले नगर्ने बताएका छन् । यद्यपि विचार, राजनीति र योजनासहित आए र पार्टीले पास गरे नेतृत्व छाड्न तयार रहेको उनले बताए ।

अनेरास्वनियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले किताब लेखेर बस्न पाए आफू सबभन्दा बढी खुसी हुने बताए । मञ्चमा बसेका नेताहरुतिर हेर्दै उनले भने, ‘तर यसो हेर्छु अँह ‘. ।’

Arus
Karnali Traders

नेतृत्व आकांक्षीहरुलाई आग्रह गरे, ‘विचार राजनीति, योजना सहित आउनुस् । राम्रो भयो, पार्टीले पास ग¥यो भने उत्तराधिकारी घोषणा गरेर हिँड्छु ।’

Nepali Khaja

तर माओले लिनप्याओले गरे जस्तो अहिले उत्तराधिकारी घोषणा गर्ने गल्ती नगर्ने उनले बताए । प्रचण्डले अघि भने, लिनप्याओलाई उत्तराधिकारी भनेको त त्यही माओलाई गोली हान्न हिँड्यो । उत्तराधिकारी भनेको त काल हो । म किन भन्ने त्यो भन्दिनँ । राम्रो काम गरेर आउने साथीहरुलाई बाटो छोडिदन्छु ।’ अनलाइनखबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.