सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ईपीएलमा चितवनको लगातार दोस्रो जित

एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा चितवन टाइगर्सले लगातार दोस्रो जित हात पारेको छ ।

बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा चितवनले काठमाडौं किङ्ग्स ११ लाई ३ विकेटले हराएको हो । काठमाडौंले दिएको १४२ रनको लक्ष्य चितवनले अन्तिम ८ बल बाँकी छँदा ७ विकेट गुमाएर भेट्टायो ।

उसका लागि राजेश पुलामीले २६, दिलिपनाथ र कमल सिंह ऐरीले २३÷२३ रन बनाए ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर १४१ रनज बनाएको थियो । उसका लागि सुवास खकुरेलले ३५, राजु रिजालले २८ र जनक प्रकाशले २६ रन बनाएका थिए ।

Dirghayu Ads

चितवनका सागर ढकालले ४ ओभरमा २१ रन खर्चिएर ४ विकेट लिए । अनलाइनखबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.