सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चालीस कटेपछि हुन सक्ने शारीरिक समस्या

हाम्रो शारीरिक अवस्था सधैं एकनास रहँदैन । बाल्यकाल हुँदै किशोरावस्था हाम्रा शारीरिक विकासका चरण हुन् । यस अवधिमा शरीरका अंगहरू बढ्ने, परिवर्तन हुन, बलियो हुने क्रम चल्छ । त्यसपछिका अवधिमा यस किसिमको विकासक्रम धीमा हुन्छ। एउटा चरणपछि भने हाम्रो शरीरका अंगहरू कमजोर र शिथिल हुन थाल्छ।

खासगरी चालीस वर्ष पार गरेपछि केही न केही स्वास्थ्य समस्या देखापर्ने गर्छ । जस्तो कि उच्च रक्तचाप, मधुमेह । त्यसैले चालीस वर्ष पार गरेसँगै खानपानदेखि जीवनशैलीसम्म परिवर्तन गर्नुपर्ने हुन्छ ।

रक्तचाप

World Link Ads
Mahakali Polytechnic

चालीस वर्षपछि हामीले आफ्नो रक्तचाप सही एवं सन्तुलित छ वा छैन भनेर चासो राख्नैपर्छ। किनभने यो उमेरपछि रक्तचाप घटबढ हुने सम्भावना रहन्छ। खासगरी रक्तचाप बढ्ने सम्भावना देखिन्छ। त्यसैले चालीस वर्ष पार गरेपछि उच्च रक्तचाप जाँच गराउनुपर्छ।

रक्तचाप बढेको छ र त्यसलाई बेवास्ता गरिन्छ भने अन्य स्वास्थ्य समस्या निम्तने खतरा रहन्छ। जस्तो कि पक्षघात, मुटुरोग, हृदयाघात, स्ट्रोक तथा मृगौलासम्बन्धी जटिल रोग लाग्न सक्छ ।

थाइराइड

अचानक तौल बढ्नु, मनस्थितिमा परिवर्तन आउनु, तनाव हुनु थाइराइडको लक्षण हो। विशेषगरी ३५–४० वर्षपछि महिलालाई थाइराइडको खतरा रहन्छ । थाइराइड जाँच गर्न रक्त परीक्षण आवश्यक छ ।

Sana Kishan

कोलेस्ट्रोल

निश्चित उमेरपछि मानिसमा देखिने विभिन्न समस्यामध्ये कोलेस्ट्रोल पनि एक हो। विलासी जीवनशैली तथा गलत खानपनका कारण रगतमा उच्च कोलेस्ट्रोलको समस्या देखिन्छ, जसले मुटुसम्बन्धी विभिन्न समस्या ल्याउँछ ।

मधुमेह

उमेर ढल्कदै गएपछि दुःख दिने अर्को समस्या हो, मधुमेह । हुन त गलत खानपान तथा बद्लिँदो जीवनशैलीका कारण थुप्रैलाई मधुमेहको समस्या देखिन थालेको छ। यद्यपि उमेर ढल्कदै गएपछि पनि मधुमेहको जोखिम रहन्छ । मधुमेहको भएमा रोग प्रतिरोधात्मक क्षमतामा कमी आउँछ ।

शरीरले खानालाई शक्तिमा परिणत नसक्दा इन्सुलिनको कमी हुन थाल्छ, जसका कारण अन्य धेरै समस्या निम्तन्छन्।

स्तन तथा पाठेघर क्यान्सर

उमेर ढल्कदै जाँदा महिलाहरुले स्तन र पाठेघरको क्यान्सरबारे सर्तक हुन जरुरी छ । चालीस वर्ष पार गरेपछि यी समस्याहरू देखापर्न सक्छ । त्यसैले चालीस वर्ष पार गरेकाहरूले कुनै लक्षण वा समस्या नदेखिए पनि स्तन र पाठेघर क्यान्सरको जाँच गराउन आवश्यक छ। अनलाइनखबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.