सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मध्य भोटेकोशीको आईपीओमा असोज २० गतेदेखि आवेदन दिन सकिने

मध्य भोटेकोशी जलविद्युत कम्पनीले यही असोज २० गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले ९० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ९० लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ।

निष्काशन गरिने कुल शेयरमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ८१ लाख ९० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

Sana Kishan

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । सो शेयरमा सर्वसाधारणले असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा पूर्ण आवेदन नपरेमा कात्तिक ३ गतेसम्म आवेदन दिने मिति लम्बिनेछ। सो शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। उपहार खबर बाट सभार

World Link Ads
Mahakali Polytechnic

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.