सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी: महरा हत्या प्रकरणका आरोपीत माथी अनुसन्धानका लागी म्याद थप

बैतडीको सुर्नया गाउँपालिका ४ सन्सेरीमाडौँका ब्यापारी कमले महरा हत्या प्रकरणमा पक्राउ परेका ब्यक्तिहरुमाथी अनुसन्धानगर्न अदालतबाट दोश्रो पटक म्याद थपिएको छ ।

मासु पसल सञ्चालन गरेका महराको असोज ७ गते बिहान शब भेटिएपछि हत्या प्रकरणमा पक्राउ परेका सुर्नया ४कै रामबहादुर महरा, शंकरसिंह महरा र हरिश सिंह महरा तथा वडा न. ६का रामबहादुर मडै पक्राउ परेका थिए ।

उनिहरुले हत्यामा संलग्न रहेको प्रहरीसामु स्वीकार गरिसकेका छन् । उनीहरुमाथी हिजो जिल्ला अदालत बैतडीबाट ७ दिनको म्याद थप गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

पक्राउ परेका चारैजना माथी असोज ८ गते पहिलो पटक ५दिनका लागी म्याद थप गरिएको थियो ।

अनुसन्धानको काम नसकिएकाले दोश्रो पटक म्यद थप गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता प्रहरी निरिक्षक बोधराज ओझाले जानकारी दिए ।

सुर्नया ४को लेकडाडाँ घर भई शन्सेरी माडौँमा मासु पसल चलाउदैँ आएका महराको असोज ६ गते राती हत्या भएको थियो । सगुन खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.