सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

च्याम्पियन्स लिग : पीएसजीले सिटीलाई हरायो, मेस्सीले गरे गोल

49
Sana Kishan

लिओनल मेस्सीले क्लबका लागि पहिलो गोल गर्दा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले यूईएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई पराजित गरेको छ ।

समूह ए अन्तर्गत मंगलबार राति भएको खेलमा पीएसजीले घरेलु मैदानमा सिटीलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

Arus

पीएसजीका लागि अर्को गोल एद्रिसा गुईले गरे ।

Nepali Khaja

घरेलु मैदान पार्क डे प्रिन्समा इद्रिसाले आठौं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । ७४ औं मिनेटमा मेस्सीले किलियन एमबाप्पेको पासमा गोल गरेका थिए ।

Karnali Traders

स्पानिस क्लब बार्सिलोनामा दुई दशक बिताएर यसै सिजन फ्रि ट्रान्सफरमा पेरिस पुगेका मेस्सीले कुनै पनि प्रतियोगितामा पीएसजीका लागि गरेको यो पहिलो गोलसमेत हो ।

जितपछि पीएसजी दुई खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । दुई खेलबाट तीन अंक रहेको सिटी तेस्रो स्थानमा झरेको छ ।

यसै समूहको अर्को खेलमा बेल्जियमको क्लब ब्रुगले जर्मन क्लब आरबी लाइपजिगलाई २–१ ले हराएको छ । जितपछि क्लब ब्रुग ४ अंक जोडेर दोस्रो स्थानमा उक्लेको छ । लाइपजिग अंकविहीन छ । अनलाइनखबर बाट सभार

kfg mit mart
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.