सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

तरकारीको भाउ अचाक्ली, केमा बढ्यो कति ?

दुई सातायता तरकारी भाउ अचाक्ली बढेको छ । चाडपर्व नजिकिएसँगै तरकारीको भाउ बढेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार बजारमा केही तरकारीको मूल्य शतप्रतिशत बढेको छ ।

भदौको अन्तिम साता थोकमा प्रतिकेजी १५÷२० रुपियाँ रहेको गोलभेँडा असोजको दोस्रो साता ३८ रुपियाँ पुुगेको छ भने आलु रातो ४५ रहेकोमा अहिले ६० रुपियाँ पुगेको समितिले जनाएको छ ।

Sana Kishan

समितिका अनुुसार तुनेबोडी प्रतिकेजी ६५ रुपियाँबाट १३० रुपियाँ, घिरौँला प्रतिकेजी ४५ बाट ८० रुपियाँ घिउसिमी ७५ रुपियाँबाट १३० रुपियाँ भिन्डी प्रतिकेजी ४० बाट ७० रुपियाँ पुुगेको छ । त्यसै सुुकेको प्याज प्रतिकेजी ४५ रुपियाँबाट थोकमै ५५ देखि ५८ रुपियाँ पुगेको समितिले जनाएको छ ।

World Link Ads
Mahakali Polytechnic

समितिका अनुसार बजारमा दैनिक आठ सयदेखि एक हजार मेट्रिक टनसम्म तरकारी भित्रिएको छ । समितिका प्रवक्ता विनय श्रेष्ठले बजारमा तरकारीको आयात कम भएर नभई उत्पादनको लागत बजारमा माग बढेकाले महँगो भएको हुनसक्ने बताए । उपहार खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.