सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

कब्जियत भएमा के गर्ने ?

106
Sana Kishan

कब्जियत एक यस्तो स्थिति हो, जो पेट ठिक ढंगले सफा हुन पाउँदैन। साथै, मल त्याग गरेको समयमा कष्ट हुन्छ। कब्जियत पीडित आम व्यक्तिको तुलनामा कम शौच गर्छन् । सामान्य व्यक्तिले दिनहुँ मल त्याग गर्छन् । तर, जसलाई कब्जियत छ, उनीहरु दुई÷तीन दिनसम्म पनि शौच गर्न सकिरहेका हुँदैनन्।

यहि कारण उनीहरुको पेट भारी हुन्छ, शरीर चंगा र छरितो महसुस हुँदैन । खानामा अरूचि हुन्छ। कब्जियतको कारण कतिको वान्ता र टाउको दुख्ने समस्या हुन्छ ।
किन हुन्छ कब्जियत ?

– खाने तालिका नियमित नहुनु ।

Nepali Khaja

–बासी खानेकुरा सेवन ।

–शारीरिक रुपमा निष्कृय हुनु वा लामो समयसम्म विश्राम लिने बानी ।

– मानसिक तनाव

–अति चिल्लोचाप्लो एवं अपाच्य भोजन ।

– पेटको कमजोरी

–पानी कम पिउनु ।

–खाना खाएको समय धेरै पानी पिउनु ।

–गरम मसलायुक्त एवं मसलेदार खानेकुरा खानु ।

के छ त उपचार ?

कब्जियत खराब दिनचर्या र खानपानको कारण हुनेगर्छ । त्यसैले सक्रिय जीवन बिताउनुपर्छ । शारीरिक श्रम गर्नुपर्छ । त्यही अनुसार स्वस्थ्य र सुपाच्य भोजन ग्रहण गर्नुपर्छ । पर्याप्त पानी पिउनुपर्छ । फाइबरयुक्त सब्जी, फलफूल र सलादको सेवनमा जोड दिनुपर्छ । यससँगै व्यायाम पनि आवश्यक हुन्छ । दिसा–पिसाबलाई लामो समय रोकेर राख्न हुँदैन ।

आयुर्वेदिक उपचार विधि

–त्रिफला चूर्ण दुई चम्चा हल्का तातो पानीमा घोले नियमित रुपले राति सुत्नुअघि सेवन गर्नुपर्छ ।

– मनतातो दूध वा पानीमा हर्रा–बर्रा र अमलाको समान मात्रामा तयार गरिएको चूर्ण राति सुत्नुअघि सेवन गर्नुपर्छ ।

–कब्जियतको उपचारमा किसमिस एकदमै उपयोगी मानिन्छ । आठ वटा जति किसमिस तातो दूधमा उमालेर नियमित सेवन गर्नुपर्छ ।

Karnali Traders

–पेटको रोगमा एकदमै उपयोगी हुन्छ, मेवा ।

–स्याउ र अंगुरको सेवनबाट पनि कब्जियतको समस्याबाट मुक्त हुन सकिन्छ ।

–अमलाको चूर्णले कब्जियतको समस्याबाट मुक्ति दिन्छ ।

–गोलभेडा सेवन गर्दा कब्जियत ठिक हुन्छ ।

–तामाको भाँडामा राखिएको पानीमा थोरै नुन हाल्ने र बिहान खाली पेटमा पिउने गर्नुपर्छ ।

–पानी भरपुर पिउने

कब्जियतबाट छुटकारा पाउने भने भरपुर मात्रामा पानी पिउनुपर्छ । यसले मल त्याग गर्न सजिलो हुन्छ । पानी पिउन जाँगर चलेन भने जुसलगायतका पेय पदार्थ पिउँदा पनि हुन्छ ।

फाइबरयुक्त खाना

आफ्नो डाइटमा बढीभन्दा बढी फाइबरयुक्त खानेकुरा समावेश गरौँ । यसले पेटलाई पूर्णरुपमा सफा राख्न मद्दत गर्छ । साथै यसले पेटमा ग्यास वा कब्जियतको समस्या रहँदैन । हरियो पत्तेदार तरकारी, सिमी, फलफूल, अप्रशोधित अन्न आदिमा फाइबरको मात्रा भरपुर हुन्छ ।

दूध होइन, दही खाने

पनीर, दूध र अन्य डेरी उत्पादनमा लेक्टोस हुन्छ जसले पेटमा ग्यास भरिने र पेट बटार्ने समस्या निम्त्याउँछ । त्यसैले यसबाट बच्नुपर्छ । दूधको सट्टामा दहीको सेवन गर्न सकिन्छ । यसमा प्रोटिन पनि हुन्छ र यसले कुनै हानि गर्दैन ।

म्याग्नेसियम फुड

आफ्नो डाइटमा म्याग्नेसियमयुक्त खानेकुरा समावेश गर्नु राम्रो हुन्छ । यो कब्जियतका लागि एकदम प्रभावकारी हुन्छ । यसले आन्द्रादेखि मलद्वारसम्मलाई राम्ररी सफा गर्छ ।

जंक फुडबाट टाढा

हामीमध्ये धेरैलाई पकाइएर धेरै समय त्यसै राखिएको खानेकुरा अति मनपर्छ । तर, यसले कब्जियतको समस्या पैदा गर्छ । आफूलाई कब्जियतभन्दा पर राख्न चाहने व्यक्तिहरुले जंक फुडबाट जोगिनुपर्छ । किनकी यिनीहरुमा फ्याट र सुगरको मात्रा अत्यधिक धेरै हुन्छ ।

व्यायाम र योग

माथिका सबै उपायहरुका बाबजुद कब्जियत निवारणमा सबैभन्दा महत्वपूर्ण छ व्यायाम । स्वस्थ शरीरका लागि एक्सरसाइज अति आवश्यक हुन्छ । योग वा प्राणायामले पनि यसलाई ठिक गर्नसक्छ । अनलाइनखबर बाट सभार

kfg mit mart
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.