सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

उच्च रक्तचाप छ ? त्यसो भए यसो गरौं

कुनैबेला बुढापाकोलाई मात्र हुने समस्या भनिन्थ्यो, उच्च रक्तचाप । बुढ्यौलीले छोपेपछि छाला चाउरिन थाल्छ, नसाहरू साँघुरिन्छन् । त्यससँगै शारीरिक सक्रियता घट्छ । चिन्ताको स्तर बढ्छ । यसैले बुढ्यौलीमा रगतको चाप बढ्छ ।

तर, अहिले युवावयमै उच्च रक्तचापले सताउन थालेको छ । यसो हुनुमा खास जिम्मेवार छ, हाम्रो जीवनशैली । अनियमित दैनिकी, अस्वस्थ्यकर खानपान, अनावश्यक आकांक्षा जस्ता अनेक कारणले उच्च रक्तचापको समस्या बढ्दो छ ।

हुन त कतिपयलाई वंशानुगत रुपमा पनि यो समस्या सर्नेगर्छ । तर, अहिले धेरैजसोलाई भने खराब जीवनशैलीकै कारण उच्च रक्तचाप भएको छ । हुन त उच्च रक्तचाप हुनुअघि आवश्यक सर्तकता अपनाएकै बेस हुन्छ । उच्च रक्तचाप भइसकेपछि भने जीवनशैली परिवर्तन नगरी सुखै छैन ।

World Link Ads
Mahakali Polytechnic

नुनको मात्रा कम

हाम्रो खानामा नुनको मात्रा बढी हुन्छ । तरकारी, अचार, दाल आदिको माध्यमबाट हामी नुन सेवन गरिरहेका हुन्छौं । यसको मात्रा घटाउनुपर्छ । नुनको मात्रा घटाउने एउटा गजब काइदा भनेको खानामा सलाद एवं उसिनेको सागसब्जी समावेश गर्नु हो । साथै अन्य नुनिलो अमिलो खानेकुरा, जंकफुड सेवन गर्नुभन्दा फलफूल सेवन गर्नु उपयुक्त हुन्छ ।

प्रशोधित खानेकुरा निषेध गरौं

अहिले हामीसँग खानेकुराका अनेक विकल्प छन् । त्यसमा प्रशोधित खानेकुरा अत्याधिक छ । प्याकेटबन्द वा तयारी खानेकुरा पनि उच्च रक्तचाप बढाउने कारण हुन् ।

सन्तुलित भोजन

उच्च रक्तचाप नियन्त्रण गर्नका लागि खानपानमा सतर्कता अपनाउनैपर्छ । यस्तो अवस्थामा सन्तुलित खानेकुरा आवश्यक हुन्छ । साथै सुपाच्य पनि । दिनभर खाइने खानामा ती सबै पोषक तत्व सामेल भएको होस्, जो शरीरलाई आवश्यक छ ।

फलफूल र सागसब्जीलाई आफ्नो खानामा सामेल गर्नुपर्छ । मासु, दुधजन्य परिकार आदिको मात्रा कम गरौं । सलाद, हरियो सागपान, फलफूल, ड्राइ फ्रुट्स, ताजा सुप आदिलाई दिनभरको खानपानमा समावेश गरौं ।

चिनीजन्य, धेरै तेल भएको खानेकुरा सेवन नगरौं । रातो मासुको बदलामा कुखुरा वा माछा सेवन ठिक हुन्छ ।

खानामा फाइबरको मात्रा बढाउनुपर्छ । फाइबरले उच्च रक्तचाप नियन्त्रण गर्ने होइन । तर, यसले तपाईंको पाचन यन्त्रलाई चुस्त बनाउँछ । तपाईंलाई स्वास्थ्य राख्न मद्दत गर्छ । सागसब्जी खासगरी हरियो पत्तेदार सब्जीमा फाइबर हुन्छ । यसमा फलफूल, नट्स आदिमा पनि भरपुर फाइबर पाइन्छ ।

धेरैजसोको खानामा ओमेगा थ्रि फ्याटी एसिड (फिस आयल)को मात्रा कम हुन्छ । यसको आपूर्तिका लागि माछा सेवन गर्नुपर्छ । यद्यपि माछा तारेर होइन, उसिनेर सेवन गर्नु प्रभावकारी हुन्छ ।

त्यसो त ओमेगा थ्री फ्याटी एसिडका लागि फिस आयल ट्याब्लेट पनि पाइन्छ । यद्यपि यस किसिमको ट्याब्लेट सेवन गर्नुअघि चिकित्सकको सल्लाह लिनुपर्छ ।

Sana Kishan

उच्च रक्तचाप नियन्त्रणका लागि खानामा पोटासियमको मात्रा पनि बढाउनुपर्छ । धेरै मात्रामा पोटासियम चाहिँ हानिकारक हुन सक्छ । त्यसैले सन्तुलित मात्रामा पोटासियम लिनुपर्छ । गालभेडा, केरा, सिमी, प्याज, सुन्तला आदिमा पोटासियम पाइन्छ ।

चिकित्सकको परामर्श

कतिपय घरेलु औषधि जो हाम्रो भान्सामा पाइन्छ । त्यसले पनि उच्च रक्तचाप नियन्त्रणमा सहयोग गर्छ । यदि त्यस्ता औषधिको सेवन गर्ने हो भने चिकित्सकको परामर्शमा कसरी र कति मात्रामा खाने भन्ने कुराको टुङ्गो गर्नुपर्छ । जस्तो लसुन, बेसार, अदुवा आदिमा म्याग्नेसियम र क्रोमियम हुन्छ। यदि यी तत्वको आवश्यक भए चिकित्सकको परामर्शमा सेवन गर्न सकिन्छ ।

योग–ध्यान–प्राणायम

तनाव कम गर्नु गाह्रो लाग्न सक्छ । किनभने तनाव लिन नचाहेर पनि हामीलाई तनाव भइरहेकै हुन्छ । तनाव नियन्त्रण गर्नु भनेको तनाव व्यवस्थापन गर्नु हो । तनाव हरेकलाई हुन्छ तर त्यसलाई कसरी लिने ? यो मुख्य कुरा हो । हामी दैनिक व्यवहारमा अनेक कारणले तनावमा पर्छौं । तर, तनाव लिनु कुनै समस्याको समाधान होइन । तनाव लिएर कुनै समस्या हल हुँदैन । त्यसो भए किन तनाव लिने ?

कुनैपनि कुरालाई अलि सहज र सरल ढंगले ग्रहण गर्दा पनि तनाव कम हुन्छ । काम गरेको बेला रमाइलो गरौं। शरीरलाई आनन्द हुने कतिपय प्राकृतिक विधि छन् । त्यसलाई अपनाएर पनि तनाव कम गर्न सकिन्छ ।

प्राणायाम, ध्यान यस्तो विधि हो, जसले तनाव व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्छ । यस किसिमको अभ्यासले मनलाई शान्त तुल्याउँछ । प्रफुल्ल बनाउँछ ।

लामो सास लिने र छाड्ने प्रक्रिया पनि तनाव व्यवस्थापनको राम्रो उपाय हो । त्यस्तै नियमित रुपमा व्यायाम गर्ने गरौं । जथाभावी व्यायाम गर्नु चाहि ठिक हुन्न । बरु बिहान एक घण्टा छिटो–छिटो पैदल हिँड्ने बानी गरौं ।

के नगर्ने ?

चुरोटको सेवनले उच्च रक्तचाप ह्वात्तै बढाउँछ । यसमा रहेको निकोटिनले उत्तेजक बनाउँछ ।

कफी, सोडा जस्ता पेय पनि उच्च रक्तचाप बढाउने कारण हुन् । किनभने यसमा क्याफिनको मात्रा बढी हुन्छ । क्याफिनले स्नायु प्रणालीलाई उत्तेजित बनाउँछ ।

चुरोट जस्तै मदिराजन्य पेयले पनि उच्च रक्तचाप बढाउँछ । उच्च रक्तचाप नियन्त्रणका लागि मदिरा छाड्नैपर्छ ।

तौल नियन्त्रण

शरीरको उचाइअनुसार तौल निर्धारण हुन्छ । यदि त्यसअनुरुप तौल बढी छ भने नियन्त्रण गर्नैपर्छ । अतिरिक्त तौलले पनि उच्च रक्तचाप बढाउन सघाउँछ । खानपानमा परिवर्तन गरेर वा शारीरिक श्रम गरेर तौल नियन्त्रण गर्न सकिन्छ । अनलाइनखबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.