सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

शरीरमा फलाम तत्वको मात्रा कम हुँदा देखिने लक्षणहरू

103
Sana Kishan

फलाम तत्व शरीरको लागि अत्यावश्यक एक प्रकारको खनिज पदार्थ हो, जुन हाम्रोको स्वास्थ्यका लागि अत्यावश्यक छ । हाम्रो शरीरमा रहेका सबै कोषहरूमा केही न केही मात्रामा फलाम मिसिएको हुन्छ । तर प्रायःजसो फलाम शरीरमा रहेको रातो रक्तकोषमा पाइन्छ । राता रक्तकोषहरूले हाम्रो फोक्सोबाट शरीरभरि अक्सिजन ढुवानी गर्छ ।

पोषकतत्वबाट ऊर्जा उत्पादन गर्न शरीरमा फलामको भूमिका महत्वपूर्ण हुन्छ । फलामको आवश्यकता पनि मानिसको स्वास्थ्य, उमेर र लिङ्गमा निर्भर हुने गर्छ । महिलाहरू पनि सुत्केरी र गर्भवती महिलाको लागि थप फलामको आवश्यकता पर्छ भने अरूको तुलनात्मक रूपमा पुरुषको लागि कम मात्रामा फलाम आवश्यक पर्ने न्युट्रिसन नेपालले जानकारी दिएको छ ।

Arus

एउटा वयस्क महिलाको लागिसमेत एकदेखि ३ ग्रामसम्म फलामको मात्रा शरीरमा सञ्चित हुनु आवश्यक हुन्छ ।

Nepali Khaja

त्यस्तै, आइरनले स्नायु प्रणालीको प्रसारमा योगदान पु¥याउँछ । यदि हाम्रो शरीरमा आवश्यकभन्दा बढी फलामको मात्रा देखियो भने हाम्रो शरीरमा भविष्यका लागि यसको मात्रा सुरक्षित गरेर राख्ने सामथ्र्य समेत हुन्छ ।

औसत व्यक्तिले खानेकुराबाट आफूलाई चाहिने मात्रामा फलाम प्राप्त गर्ने गर्छ । तर त्यहाँ केही परिस्थिति हुन्छन् जहाँ हाम्रो आहारमा पूरक आइरनको मात्रा आवश्यक हुन्छ ।

फलामको कमीका कारण हुने एनिमिया छ ?

जब हाम्रो शरीरमा रहेका राता रक्तकोषिकाहरूमा पर्याप्त फलाम हुँदैन, त्यस्तो अवस्थालाई एनिमिया भएको मानिन्छ । शरीरमा पर्याप्त र स्वस्थ मात्रामा फलाम भएन भने शरीरमा रहेको रातो रक्तकोषिकाले प्रभावकारी रूपमा अक्सिजन पठाउन सक्दैन ।

रगतमा फलामको मात्रा कम हुँदा देखिने लक्षणहरू :

Karnali Traders

–थकान महसुस हुनु

–कमजोरी महसुस गर्नु

–चक्कर लाग्नु

–कुनै काममा ध्यान केन्द्रित गर्न कठिनाइ हुनु आदि ।

केटा र केटीको लागि बालापनको अन्तिम अवस्था वा किशोरावस्था अघिसम्म शरीरमा आइरनको मात्रा बराबर आवश्यक पर्छ । किनभने महिलाको मासिक धर्म सामान्यतया किशोरावस्था सुरु हुनुभन्दा पहिले हुँदैन ।

नवजात शिशुहरूलाई थोरै मात्रामा फलामको आवश्यकता पर्छ । उनीहरूले आमाको पेटमा हुँदा आमाको शरीरमा रहेको फलामको मात्रामा आधारित भएर आइरन प्राप्त गर्छन् ।

शिशुहरूलाई जन्मदेखि पहिलो ६ महिनासम्मका लागि दैनिक ०.२७ मिलीग्राम आवश्यकता पर्छ । जुन सामान्यतया स्वस्थ, स्तनपान गराउने शिशुहरूले आमाबाट नै त्यो मात्रा प्राप्त गर्छ ।

समय नपुगी जन्मिएको बच्चालाई अरूको तुलनामा धेरै फलामको आवश्यकता पर्छ । जन्मको समयमा कम तौल भएका बच्चाहरूलाई पनि धेरै मात्रामा फलामको आवश्यकता पर्ने न्युट्रिसन नेपालले जनाएको छ । अनलाइनखबर बाट सभार

 

kfg mit mart
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.