सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

माछाको परिकार कति स्वस्थ्यवर्द्धक ?

हामीकहाँ व्यवसायिक माछा पालन गरिएको छ, जहाँबाट बजारमा माछा आपूर्ति हुन्छ । ध्यान दिनुपर्ने कुरा के भने, मरेको माछा जसलाई ताजा राख्नका लागि केही हानिकारक रसायनको प्रयोग गरिन्छ, त्यस्ता माछा सेवन गर्नुहुँदैन ।

खासगरी आयतित माछालाई भण्डारण गर्न फर्मालिन नामक विषादी प्रयोग गरिएको पाइन्छ । यस्ता विषादीको कारण माछा सेवन फाइदा भन्दा बढी बेफाइदाजनक हुनसक्छ ।

यसैगरी प्याकेटबन्द माछा वा फ्रोजन माछा पनि त्यती उपयोगी हुँदैन ।

World Link Ads
Mahakali Polytechnic

माछा सकेसम्म जिउँदो वा ताजा नै प्रयोग गर्नुपर्छ । यसैगरी माछालाई तेलमा तारेर सेवन गर्दा त्यसमा रहेको पोषक तत्व प्राप्त नहुन सक्छ । यसर्थ माछामा रहने पोषक तत्व कसरी नष्ट हुँदैन भन्ने कुरा बुझेर सोही अनुसार पकाउनुपर्छ ।

मुटुको रोगीका लागि माछा फाइदाजक हुन्छ । उनीहरुले आफ्नो खानामा माछा सामेल गर्न सक्छन् । माछामा पाइने ओमेगा –३ फ्याटी एसिडले मुटु र मांसपेशीलाई बलियो बनाउँछ ।

त्यसो त अरु पनि थुप्रै फाइदा छन्, माछा सेवन गर्नुको । माछाले केही प्रकारका स्वास्थ्य विकार हटाउँछ । यो एक लो फ्याट, अधिक प्रोटिन, ओमेगा–३ फ्याटी एसिडसमेत केही पोषक तत्वले भरपुर खाना हो । यसका साथै माछामा भिटामिन, मिनरल्स र अन्य पोषक तत्व पाइन्छ ।

Sana Kishan

मुटुको रोगीहरुलाई माछा निकै उपयोगी हुन्छ । उनीहरुले यसलाई आफ्नो डाइटमा सामेल गर्नुपर्छ । माछामा पाइने ओमेगा ३ फ्याटी एसिडले मुटु र मांसपेशीलाई बलियो बनाउँछ । यसमा लो फ्याट हुन्छ जसले तपाईंको शरीरमा कोलेस्ट्रोरको मात्रा नियन्त्रण गर्छ ।

मस्तिष्कलाई पनि निकै फाइदा गर्छ, माछाले । खासगरी पढ्ने बालबालिकाको लागि यो उपयोगी खान्की हो । माछामा रहेको पोषक तत्वले मस्तिष्कलाई राम्रो गर्छ । यसमा रहेको फ्याटी एसिडले दिमागलाई तेज बनाउँछ र स्मरण शक्ति बढाउँछ । यसका साथै यसमा रहेको प्रोटिनले मस्तिष्कको नयाँ कोशिका निर्माण गर्छ ।

माछामा पाइने ओमेगा ३ ले छाला र कपाललाई फाइदा गर्छ । यसले छालाको चमक कायम राख्छ भने कपाललाई मुलायम र बलियो बनाउँछ ।

नियमित रुपले माछा सेवन गर्दा क्यान्सरको खतरा पनि कम हुन्छ । माछामा ओमेगा ३ फ्याटी एसिड पाइन्छ, जसले क्यान्सरको कोसिका बढ्न दिदैन । यसको सेवनले ब्रेस्ट क्यान्सर, प्रोस्टेट क्यान्सरको जोखिम कम गर्छ ।

डिप्रेसनको अवस्थमा पनि माछा सेवन निकै फाइदाजनक हुन्छ । गर्भवती महिलाहरु अक्सर डिप्रेसनमा जाने संभावना हुन्छ । यस्तो अवस्थामा उनीहरुलाई चिकित्सकले ओमेगा थ्रि क्याप्सुल खान सल्लाह दिन्छन् । यदि महिलाहरुले नियमित रुपमा माछा सेवन गर्ने हो भने उनीहरुलाई यस्तो चक्कीको आवश्यक्ता पर्दैन ।

यदि तपाईं उच्च रक्तचापले ग्रसित हुनुहुन्छ भने, माछा सेवन गर्नुहोस् । यसमा लो फ्याट हुन्छ, जसको कारण उच्च रक्तचपको समस्या कम हुन्छ । अनलाइनखबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.