सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

आईपीएलमा कोलकाताले दिल्लीलाई ३ विकेटले हरायो

288
Sana Kishan

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मङ्गलवार भएको पहिलो खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई हराएको छ ।

शारजाह क्रिकेट मैदानमा दिल्लीले दिएको एक सय २८ रनको लक्ष्य कोलकाताले १८ ओभर २ बलमा सात विकेट गुमाउँदै भेटायो । कोलकाताका लागि नितिश रानाले अविजित ३६ रन बनाए । त्यस्तै शुभमन गिलले ३० रन बनाए । बलिङतर्फ दिल्लीका आवेश खानले तीन विकेट लिए ।

Arus
Karnali Traders

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै एक सय २७ रन बनायो । दिल्लीका लागि स्टेभ स्मिथ र ऋषभ पन्तले समान ३९–३९ रन बनाए । बलिङतर्फ कोलकाताका लकी फर्गुसन, सुनील नरायन र वेङ्गटेश अय्यरले समान दुई–दुई विकेट लिए ।

Nepali Khaja

यो जितसँगै कोलकाता ११ खेलमा १० अङ्कसहित तालिकको चौथो स्थानमा उक्लिएको छ । समान खेलबाट १६ अङ्क बटुलेको दिल्ली भने तालिकाको दोस्रो स्थानमा छ ।

प्रतियोगिताको दोस्रो खेलमा अहिले मुम्बई इन्डियन्स र पञ्जाब किङ्ग्सबीच खेल भइरहेको छ । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.