सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

१० बुँदे सहमति कार्यान्वयन गर्ने एमाले कार्यदल बैठकको निष्कर्ष

नेकपा एमालेले पार्टी एकता थप सुदृढ बनाउने गरी १० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गरेर अघि बढने निष्कर्ष निकालेको छ।

आन्तरिक एकता कायम गर्न गठित पार्टीको उच्चस्तरीय कार्यदलको मंगलबार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा बसेको बैठकले नीतिगत व्यवस्था गरेर पार्टीको आन्तरिक एकता अझै सुदृढ हुने गरी सो समस्या समाधान गरेर जाने निष्कर्ष निकालेको हो।

बैठकले महाधिवेशनमा प्रतिनिधित्वको सवालमा देखिएका विवाद पनि समाधान गर्ने विषयमा विभिन्न उपायबारे छलफल सुरु गरेको कार्य दलका संयोजक भीम रावलले जानकारी दिए।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

उनले भने, ‘महाधिवेशनमा प्रतिनिधित्वको विषय र १० बुँदे कार्यान्वयन सम्बन्धमा देखिएका समस्या समाधान गर्न नीतिगत व्यवस्था गरेर त्यस्ता समस्या समाधान गर्ने कुरा गरेका छौं। धेरै ठाउँमा १० बुँदे कार्यान्वयन भइसकेको छ। कार्यान्वयन हुन नसकेको ठाउँमा पनि छिटो कार्यान्वयन गरेर जाने कुरा भएको छ। सुदूरपश्चिम प्रदेश इन्जार्चको विषयमा देखिएको विवाद पनि १० बुँदे कार्यान्वयनको सन्दर्भमा नै आउँछ।’

बैठकमा कार्यदलका सदस्यहरूले पार्टीको आन्तरिक एकता अझै मजबुत बनाउने गरी १० बुँदे कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए। त्यसका लागि २०७५ साल जेठ २, जेठ ३ र पछिल्लो समय पार्टीमा क्रियाशील रहेकाहरूको कामको मूल्यांकनलाई आधार बनाएर अघि बढ्ने विषयमा पनि छलफल गरिएको कार्य दलका सदस्य लेखराज भट्टले बताए। उनले पार्टीको सुदूरपश्चिम प्रदेशको इन्जार्च आफू नै रहेको दाबी समेत गरे।

संयोजक रावल र नेता भट्टबीच सुदूरपश्चिम प्रदेशको पार्टी इन्जार्चको विषयलाई लिएर विवाद छ। संयोजक रावलले सो विवाद पनि १० बुँदे सहमति कार्यान्वयनकै क्रममा समाधान हुने विश्वास व्यक्त गरे। कार्यदलमा संयोजक रावलसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय विष्णु पौडेल, घनश्याम भुसाल, स्थायी कमिटीका सदस्यहरू शंकर पोखरेल, सुरेन्द्र पाण्डे र भट्ट रहेका छन्। थाहा खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.