सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ट्रकले ठक्कर दिदा आमा–छोराको ज्यान गयो

रुपन्देही – ट्रकको ठक्करबाट रूपन्देहीमा दुई जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत सैनामैनाको बुद्धनगरमा ट्रकले ठक्कर दिँदा आमा–छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सैनामैना नगरपालिका वडा नम्बर ५ बुद्धनगरका ३८ वर्षीया आमा राधा भट्टराई र उनका छोरा १८ वर्षीय महेश भट्टराईको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

पश्चिमबाट बुटवलतर्फ आउँदै गरेको ना ८ ख ४४११ नम्बरको ट्रकले सडकमा बस पर्खिएर बसेका आमाछोरालाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

कलेज जान हिँडेका छोरालाई बाटोसम्म पु¥याउन आएकी आमा समेतलाई ट्रकले ठक्कर दिएको स्थानीयले बताएका छन् ।

ठक्कर दिने ट्रक र राप्ती नगरपालिका चितवनका चालक धनराज गिरीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ । उपहार खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.