सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जन्मदिनको उपलक्ष्यमा महिला तथा वालबालिका सेभ हाउसलाई खाद्यान्न सहयोग

बैतडी जन्मथलो भएर अमेरीकालाई कर्मथलो बनाएका युवा समाजसेवी प्रेम नुवाकोटीले जन्मदिनको उपलक्षमा महिला तथा वालबालिका सेभ हाउसलाई खाद्यान्न लगायतका सामाग्रि सहयोग गरेका छन । सोमवार आज नुवाकोटीले पर्न गएको आफ्नो जन्मदिनको उपलक्ष्यमा मानव अधिकार समूह गौरी गंगा नगरपालिकाकी सल्लाहकार लक्ष्मि बोगटी कुँवरमार्फत कैलालीको अत्तरीयास्थित महिला तथा बालबालिका सेभ हाउसलाई चामल, आलु, नुन, तेल र मसला लगायतका सामग्रि हसतान्तरण गरेका हुन ।

Sana Kishan

१ बोरा आलु, एक कट्टा दाल, ४ कट्टा चामल, १० पोका नुन र मसला, भुजालगायतका आवश्यक खाद्यान्न सामाग्रि बोगटी कुवँरले सेभ हाउस सञ्चालिका जानकी मलासीलाई हस्तान्तरण गरेका छन । युवा समाजसेवी नुवाकोटीलाई जन्मदिनको लाखौ लाख शुभकामना दिदै सेभ हाउसलाई गरेको सहयोगले आफुहरु आभारी भएको धन्यवाद ज्ञापन गर्दै युवा समाजसेवीलाई फेरी पनि सहयोग गरिदिनु हुने आशा अपेक्षा व्यक्त गरेका छन । सेभ हासमा २३ जना बालबालिका रहेका छन । सहयोग गरिदिएकोमा नुवाकोटीले कोरोना महामारीमा पनि विभिन्न संघसस्थामार्फत असाहाय, गरिवलाई राहत वितरण गरेका थिए । नयाँ खवर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.