सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पाइलटको कुशलताले दुर्घटनाबाट जोगिएको बुद्ध एयर

सोमबार बिहान बुद्ध एयरको जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ । काठमाण्डुबाट ७३ जना यात्रु बोकेर विराटनगरका लागि उडेको जहाजको ल्यान्डिङ गियरमा समस्या भएको थियो ।

विराटनगर विमानस्थलमा अवतरणका क्रममा ल्यान्डिङ गियर नखुलेपछि जहाज पुनः काठमाण्डु फर्काइयो । क्याप्टेन आङ्गेलो शेर्पाले उडाएको एनआई कल साइनको उडान नम्बर–७०१ जहाजको ल्यान्डिङ गियर नखुलेपछि काठमाण्डु फर्काइएको थियो । काठमाण्डु फर्किए पनि उक्त जहाज आकाशमा झण्डै दुई घण्टा होल्ड भएको थियो ।

जहाज आकाशमा होल्ड भएपनि विमानस्थलमा एम्बुलेन्स र दमकल तयारी अवस्थामा राखिएको थियो । क्याप्टेन शेर्पाको विवेकपूर्ण निर्णयले जहाजमा रहेका ७३ जना यात्रु सकुसल भएको भन्दै प्रशंशा हुन थालेको छ ।

World Link Ads
Mahakali Polytechnic

बुद्ध एयरले यसलाई सामान्य प्राविधिक समस्या भएको बताएको छ । प्रवक्ता दीपेन्द्र कर्णले विमानमा यस्तो समस्या पहिलो पटक देखा परेको दाबी गरे । उनले सामान्य प्राविधिक समस्या आएपनि ल्याण्डिङ गियरमा भने पहिलोपटक समस्या देखिएको बताए ।

प्रवक्ता कर्णले प्राविधिकहरुले चेकजाँच गरेर मात्रै जहाज उडाउने गरेको बताए । उनकाअनुसार काठमाण्डुको हकमा इन्जिनियरहरुको टिमले चेक जाँच गर्छन् भने काठमाण्डु बाहिर पाइलटहरूले सबै चेकजाँच गरेर नै उडान भर्ने गरेका छन् ।

‘हाम्रो ल्यान्डिङको गियरको यो पहिलो समस्या हो । यसभन्दा अघि यस्तो कुनै पनि समस्या आएको थिएन । सामान्य टेक्निकल समस्याहरू त आइहाल्छन् । तर, यति गम्भीर समस्या देखिएको थिएन । हामीले उडान पूर्वको समयमा चेक जाँच गर्ने गरेका छौं,’ उनले भने, ‘यसमा हामीले स्वास्थ्यलाई नै पहिलो प्राथमिकता मानेर त्यही अनुसार हाम्रो हरेक काम गर्दै आइरहेका छौं ।’

प्रवक्ता कर्णले आगामी दिनमा यस्ता किसिमका प्राविधिक समस्या आउन नदिनका लागि आफूहरु सचेत रहेको बताए । उनले कहिलेकाँही यस्ता समस्या आउँदाखेरी पनि कसरी यसलाई सुरक्षित अवतरण गर्ने भन्नेमा आफूहरुको पहिलो कर्तव्य हुने बताए ।

‘यो नआउनको लागि हामीले धैरै भन्दा धेरै तयारी गरेकै हुन्छौं । तर कहिलेकाँही यस्ता समस्या आउँदाखेरी पनि कसरी यसलाई सुरक्षित अवतरण गर्ने भन्ने हाम्रो पहिलो कर्तव्य हुन्छ । त्यही अनुसार हामी अवतरण गर्छौँ,’ प्रवक्ता कर्णले भने ।

उनले सामान्यतयाः इन्डिकेटरमा समस्या आउँदा ल्याण्डिङ गियरमा समस्या देखापर्ने बताए ।

‘आज विराटनगर र पोखरामा भएको समस्या इन्डिकेटरकै हो । इन्डिकेटरले कहिले काहि समस्या देखाउँछ । इन्डिकेटरले सही इन्फरमेसन नदिँदाखेरि उक्त समस्या आएको हो,’ प्रवक्ता कर्णले भने ।

जहाजभित्र दुई वटा ईन्डीकेटर प्राइमरी र सेकेन्डरी इन्डिकेटर हुने र सेकेण्डरी इन्डिकेटरमा समस्या देखिए पनि ल्याण्डिङ गर्न मिल्ने भन्दै उनले आफूहरुले यात्रुको सुरक्षालाई ध्यानमा राखेको बताए । प्रवक्ता कर्णले विराटनगर टावरले ल्याण्डिङ गियरको अवस्थाबारे जानकारी दिन नसकेकोले पाइलटले जहाजलाई काठमाण्डुमा फर्काएको बताए ।

‘जहाजभित्र दुई वटा ईन्डीकेटर हुन्छ । प्राइमरी इन्डिकेटरमा समस्या देखिएन अथवा ल्याण्डिङ गियर झरेको देखिएन । सेकेन्डरी इन्डिकेटरमा झरेको देखियो । अन्तराष्ट्रिय अभ्यास के छ भने सेकेण्डरी इन्डिकेटरमा समस्या देखिए पनि ल्याण्डिङ गर्न मिल्छ तर, हामीले त्यो रिस्क लिएनौं किनकी हामी यात्रुहरुको सुरक्षालाई प्राथमिकता दिन्छौं,’ उनले भने, ‘विराटनगर टावरलाई ल्याण्डिङ गियरको अवस्था के छ भने चेकजाँचका लागि अनुरोध गर्यौं । उहाँहरुले पनि राम्ररी निक्र्यौंल गर्न सक्नु भएन । त्यसपछि हाम्रो क्याप्टेन जहाजलाई काठमाण्डु ल्याउनुभयो । काठमाण्डुमा क्याप्टेनले टेक्निसियन टिमसँग भिडियो सेटमा कुरा गर्दा ल्याण्डिङ गियर झरेको देखियो । त्यही भएर हामीले नर्मल ल्याण्डिङ गर्यौं ।’

प्रवक्ता कर्णले ल्याण्डिङ गियरमा समस्या देखिएको जहाजलाई प्राविधिकहरुलाई हस्तान्तरण गरिएको बताए । उनले उक्त जहाजलाई नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पदाधिकारीहरुले पनि चेकजाँच गरेर सर्टिफाइड गरेपछि मात्रै उडानका लागि तयार हुने बताए ।

Sana Kishan

‘यो जहाजलाई टेक्निकल टिमलाई हस्तान्तरण गरिसक्यौं । यसको पुरै चेकजाँच हुन्छ । त्यसको पनि प्रोटोकलहरु होला । क्यानका पदाधिकारीहरुले पनि चेकजाँच गर्नुपर्ने हुन्छ । सर्टिफाइड भइसकेपछि जहाज उडानमा निस्किन्छ । सुरक्षाकालागि हामी प्रतिबद्ध छौं । सुरक्षाका विषयमा कसैसँग सम्झौता गर्दैनौं । तालिममा हो कि स्पेयर पार्टमा होस कतै पनि सम्झौता गर्दैनौं । प्राविधिक समस्याहरुलाई मिनिमाइज गर्दै जाने हो । हवाई क्षेत्रको सुरक्षाका लागि सँधै जिम्मेवार छौं,’ उनले भने ।

पाइलटको चौतर्फी प्रशंशा

७३ जना यात्रुको ज्यान जोगाएको भन्दै सिनियर पाइलट आंगेलो शेर्पाको चौतर्फी प्रशंशा सुरु भएको छ । बिहान ८ बजेर ३२ मिनेटमा विराटनगरका लागि उडेको जहाजको ल्याण्डिङ गेयरमा आकस्मिक समस्या देखिएपछि पाइलटले विमानलाई काठमाण्डुमा सफल अवतरण गराएका थिए ।

बुद्ध एयरको एनआई कल साइनको उडान नम्बर–७०१ को विमानमा सवार ७३ यात्रुमध्ये २ जना बालबालिका र ३ जना नवजात शिशु थिए । ४ जना क्रु मेम्बर जहाजमा सवार थिए ।

ल्याण्डिङ गियरमा कुनै संकेत नदेखिएपछि काठमाडौं फर्किंदा केही यात्रु आत्तिसकेका थिए । त्यसकारण यात्रुलाई सम्झाउनेदेखि सेफ ल्याण्डिङ गराउनेसम्मको जिम्मेवारी चालक दलमा थियो । त्यसमा क्याप्टेन शेर्पाको टोली सफल भएको छ ।

के भन्छन् यात्रु ?

यात्रुहरु तालिँदा तिनै पाइलटले शान्त्वना दिएका थिए । यात्री अनमोल प्रधानले विमान अवतरण नुहँदा यात्रुहरु रुन र कराउन थालेको बताए । उनले केही मानिसहरु आत्तिएर बेहोस समेत भएको बताए ।

उनी भन्छन्,‘हामीले हाम्रो ज्यान जोगिन्छ भनेर आशा मारिसकेका थियौं। विमान अवतरण हुनेबेला त्यहाँ तल दम्कल, आर्मी प्रहरी तयारी अवस्थामा देख्दा ज्यान जान्छ भन्ने सोचेका थियौं। हामीलाई भगवानले मात्र बचाएको जस्तो लाग्छ। भगवान पशुपति नाथको कृपाले बाँच्यौं। हामी सबै हात जोडेर भगवान सम्झिँदै बसिरहेका थियौं।’

अर्का यात्रु प्रताप लिम्बुले जहाजभित्रको अवस्था यसरी सुनाए

बिहान ८ः०५ बजे विराटनगरर्फ उडेका थियौं, तर अवतरण हुन सकेन । किन भएन भनेर प्रश्न गर्दा अलिकति समस्या छ भनियो ।

त्यहाँ क्याप्टेन साहेबले अवतरण गराउन ६÷७ पटक नै प्रयास गर्नुभयो, त्यसपछि काठमाडौं फिर्ता गर्नुभयो । काठमाण्डु आउन्जेल त मलाई केही जस्तो लागेको थिएन, ढुक्क नै थिएँ । राम्रै हुन्छ होला भन्ने भयो, काठमाण्डु आएपछि पनि ८÷९ पटकसम्म आकाशमा घुमाएको घुमायै गर्दा भने मनमा चिसो पस्यो ।

त्यसपछि विमानबाट जमिनमा हेर्दा नेपाली सेना, सुरक्षाकर्मी तयारी अवस्थामा देख्यौं । अब जिन्दगी यति नै रहने भयो, अब दुर्घटना हुन्छ भन्ने नै भयो । हामीले ढोका खोल्दिनुस, हामी हाम फाल्छौं पनि भन्यौं ।

एयर होस्टेसहरुले केही हुँदैन भनेर ढाडस दिइरहनुभयो । हामी तपाईंहरुलाई बचाउन सक्दो कोशिस गर्छौं भन्नुभयो । इन्धन सकेर धावनमार्गमा पानी छर्केर त्यसमाथि फम राखेर अवतरण गराउने हो भनेर जानकारी गराउनुभयो । त्यसपछि अब अन्तिम पटक प्रयास गर्छौं भन्नुभयो ।

नभन्दै सुरक्षित अवतरण भयो । जहाजमा मानिसहरु रोइकराई गरिरहेका थिए । कतिपय त बेहोस नै भए होलान् । जति दह्रो मन भएपनि यस्तो हुन्छ । एयर होस्टेसको आँखामा आँसु थियो । तर, उहाँहरु हामीलाई केही हुँदैन भनेर सम्झाउँदै हुनुहुन्थ्यो । काठमाण्डुपाटी बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.