सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सरकार देशलाई नै कालोसूचीमा पार्ने बाटोमा गइरहेको छ : सांसद अधिकारी

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद खगराज अधिकारीले सरकारले नेपाललाई नै कालोसूचीमा पार्ने प्रयास गरिरहेको आरोप लगाउनुभएको छ ।

सरकारले ल्याएको बजेट अध्यादेश प्रतिस्थापन विधेयकमा लुटिएका झन्डै २१÷२२ अर्ब कालो धनलाई वैधानिकता दिने गरी प्रावधान ल्याएको भन्दै उहाँले अब नेपाललाई नै सरकारले कालोसूचीमा पार्ने प्रयास गरिरहेको आरोप लगाउनुभएको हो ।

Sana Kishan

आज सोमवार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सांसद अधिकारीले भन्नुभयो, ‘हुँदा हुँदा लुटिएका झन्डै २१÷२२ अर्ब अन्तर्राष्ट्रिय कानुन, आतङ्ककारी कानुनसमेत आकर्षित हुने कानुनलाई समेत उल्लङ्घन गरेर यो देशलाई नै कालोसूचीमा पार्ने गम्भीर बाटोमा सरकार गइरहेको छ ।’

World Link Ads
Mahakali Polytechnic

सांसद अधिकारीले सरकारले दलीय व्यवस्थालाई नै समाप्त पार्न संसद् सुरु गराउन पहल नगरेको तर्कसमेत गर्नुभयो । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.