सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

नेप्से ७३ अङ्कले घटेर २७ सय विन्दुभन्दा तल, कारोबार रकम पाँच अर्ब रुपैयाँमै सीमित

42
Sana Kishan

हिजो आइतवार ६१ अङ्कले घटेको शेयर बजार आज सोमवार पनि ७३ अङ्कले घटेको छ । सबै समूहको शेयर आरोलो लागेपछि नेप्से ७३ दशमलव शून्य तीन अङ्कले घटेर दुई हजार ६ सय ८५ दशमलव ४३ विन्दुमा झरेको छ ।

आज बीमा, फाइनान्स, जलविद्युत्, होटल र विकास बैंक समूहको शेयर उच्च अङ्कले घटेको छ । दुई सय २७ वटा कम्पनीको शेयर कारोबार भएकोमा जम्मा १३ वटा कम्पनीको शेयर मात्रै बढेर हरियो देखिएको छ ।

Karnali Traders

आज गुडविल फाइनान्स, पोखरा फाइनान्स, नेपाल फाइनान्स, युनाइडेट मर्दी हाइड्रो, कालिका पावर र नेपाल हाइड्रो डेभलपर्स कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि मनकामना स्मार्ट लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

Nepali Khaja

आज एक करोड चार लाख ७८ हजार कित्ता शेयर पाँच अर्ब १२ करोड रुपैयाँ कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रो १५ करोड ४९ लाख रुपैयाँको शेयर किनबेच भएको छ । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.