सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

बैतडी: डिलाशैनी गाउँपालिकामा दशैंमा ६ दिनमात्रै विद्यालय बन्द हुने

141
Sana Kishan

बैतडीको डिलाशैनी गाउँपालिकाले दशैंको समयमा ६ दिन मात्रै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । असोज २६ गते फूलपाती असोज ३० गते सम्म मात्रै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

कोरोनाका कारण लामो समयपछि विद्यालय सञ्चालनमा आएकाले दशैंको समयमा ६ दिनमात्रै विद्यालय बन्द हुने गाउँपालिकाले जनाएको छ । कोरोनाका कारण बालबालिकाहरुको पठनपाठनमा समस्या भएकाले अब नियमित रुपमा विद्यालय सञ्चालन गर्ने गाउँपालिकाले जनाएको हो । यसअघि दशैंको समयमा एक महिना विद्यालय बन्द हुने गरेका थिए ।

Arus
Karnali Traders

दशैंदेखि तिहार सम्म लगातार बिदा हुँदा बालबालिकाहरुको शैक्षिक स्थिती झन् बिग्रने भएकाले यो बर्ष दशैंमा ६ दिन मात्रै विद्यालय बन्द गर्ने निर्णय भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशसिंह बोहराले बताए । सगुन खबर बाट सभार

Nepali Khaja

kfg mit mart
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.