सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चाडपर्वका लागि भारतबाट घर फर्किने नेपाली बढ्दै

Far weast coaching ad
94
Sana Kishan

दसैँ तिहार जस्ता चाडपर्व नजिकिँदै गएपछि यहाँ भारतबाट घर फर्किने नेपाली सीमामा बढ्न थालेका छन् । यहाँका पुलघाट नाका, दत्तु नाका, लेकमको लाली नाका र व्यासको तिगरम नाका भएर अहिले दिनहुँ घर फर्किने नेपाली बढ्न थालेका छन् ।

भारतबाट घर फर्किनेको सीमामा स्वास्थ्य परीक्षणसमेत गरिन थालेको छ । असोजयता सय बढी नेपाली खलङ्गा पुलघाट नाका भएर घर फर्किएको नेपाल प्रहरीका पुलघाट इन्चार्ज मनोज खड्काले जानकारी दिए । पुलघाटमा भारतका विभिन्न क्षेत्रबाट फर्किने नेपालीको अहिले तथ्याङ्क नियमित राख्न थालेको उनले बताए । उनीहरुमा कोरोनाको सङ्क्रमण नदेखियोस् भन्ने विवरण राख्न थालिएको उनले जानकारी दिए ।

Arus

“खेतीको काम पनि आयो, दसैँ पनि नजिकिन थाल्यो”, बुधबार पुलघाट नाका भएर घर फर्किएका बझाङको बुगल नगरपालिका–८ का प्रकाश बोहराले भने, “अब दसैँ तिहार मनाएर फेरि भारत फर्किन्छौं ।” उहाँ पिथौरागढ डिडिहाटमा काम गर्न गएका थिए । यहाँका अधिकांश व्यक्ति भारतबाट दशैं तिहारमा घर फर्किने गर्छन् । अहिले गाउँमा धान काट्ने, मकै काट्ने, खर काट्ने लगायतको कामको चटारो हुने भएपछि घर फर्किने बढेका हुन् ।

Karnali Traders

अहिले दार्चुलाबाट धनगढी तथा महेन्द्रनगर जाने बस पनि खचाखच भरिन थालेका छन् । चाडपर्वका कारण अहिले बसहरूमा यात्रु भरिन थालेको सुदूरपश्चिम यातायात काउन्टरका पूर्णबहादुर बमले बताए ।

भारतबाट आउने नेपालीलाई सीमामै कोरोनाविरुद्धको खोप

स्वास्थ्य कार्यालयले भारतबाट आउने नेपालीलाई सीमा पुलमै कोरोनाविरुद्धको खोप लगाउन थालेको छ । भारतका विभिन्न क्षेत्रबाट मजदूरी गरि फर्कने नेपालीलाई सदरमुकाम खलङ्गा पूलघाटमा कोरानाविरुद्धको खोप लगाउन थालिएको हो ।

भारतको धारचुला जोड्ने खलङ्गा पूलघाटमा दशैं तिहारका लागि घर फर्किने नेपालीलाई जोनसोन खोप लगाउन थालिएको जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताए । अहिले सीमामा भारतबाट फर्किने नेपाली बढ्दै गएका छन् । आइतबार पूलघाटमा भारतबाट आउने २५ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । टाढाबाट फर्किएकाको कोरोना परीक्षण तथा कोरोनाविरुद्वको खोप लगाउन थालिएको उनले बताए । गोदावरी न्युज बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.