

हाल मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी र लुम्बिनी प्रदेशहरूमा सामान्यदेखि पूर्ण बदली रही देशका बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ।
सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मंगलबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

प्रदेश १ र प्रदेश २ का एक–दुई स्थानहरूमा र बाँकी प्रदेशहरूका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तो छ तीनदिने मौसम पूर्वानुमान
२०७८ आश्विन ११ गते (सोमबार)
दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन÷ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन÷ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
२०७८ आश्विन १२ गते (मंगलबार)
दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १ र प्रदेश २ का एक–दुई स्थानहरूमा र बाँकी प्रदेशहरूका धेरै स्थानहरुमा मेघ गर्जन÷ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
रातीः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १ र प्रदेश २ का एक–दुई स्थानहरूमा र बाँकी प्रदेशहरूका केही स्थानहरुमा मेघ गर्जन÷ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
२०७८ आश्विन १३ गते (बुधबार)
दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन÷ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
रातीः देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन÷ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। नयाँ पुस्ता बाट सभार
