सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

आज थोरै बढ्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

139
Sana Kishan

साताको दोस्रो दिन अर्थात आज (सोमबार) नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ।

हिजो आइतबार स्थिर रहेको सुनको भाउ आज भने तोलामा तीन सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Arus

महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ८९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन आइतबार ८९ हजार रुपैयाँमा कारोबार भएको थियो।

Nepali Khaja
Karnali Traders

त्यस्तै, आज तेजावी सुनको भाउ पनि बढेको छ। आज तेजावी सुन प्रतितोला ८८ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार तेजावी सुन ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज सुनको भाउसँगै चाँदीको भाउ पनि बढेको छ । आज चाँदी १० रुपैयाँले बढेर प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

लामो समयदेखिको कोरोना भाइरस (कोभिड–१९) महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घट्बढ् हुने गरेको छ।

कोरोनाका कारण भएका लकडाउन पछिल्लो समय खुल्दै गएको र नेपालीहरुका महान पर्वहरु दशै, तीहारको रौनकसँगै सुन चाँदीको व्यापार पनि फट्टाउँदै गएको छ। नयाँ पुस्ता बाट सभार

kfg mit mart
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.