सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

छाती दुख्ने समस्यामा घरेलु ओखती !!

छाती दुख्नुलाई कतिपयले गंभिर समस्याको संकेतको रुपमा पनि बुझ्छन् । खासगरी हृदयघात वा मुटु सम्बन्धी समस्याको भयले । मुटुको धमनीमा अवरोध भएमा, मुटु सुन्निएमा, मुटुको मांसपेशीमा समस्या भएमा, घाउ भएमा पनि छाती दुख्छ । त्यस्तै ब्रोनकाइटीस,–निमोनिया, वायु नलीमा संंकुचन एवं फोक्सोको समस्यामा समेत छाती दुख्छ । यद्यपि सामान्य अवस्थामा पनि छाती दुख्ने गर्छ । कहिलेकाहीँ धेरै शारीरिक श्रम गरेको बेला, पेट गडबड भएको बेला, अपचमा पनि छाती दुख्छ ।

छातीको दुखाईमा एक मात्र कारण हुँदैन । अनेक कारणले यस्तो समस्या देखापर्छ । त्यसैले कारण थाहा नभएसम्म चिकित्सकको परामर्श लिनु नै उचित हुनेछ । यद्यपि सामान्य अवस्थामा भने घरेलु ओखतीबाट पनि केही राहत पाउन सकिन्छ ।

लसुन

World Link Ads
Mahakali Polytechnic

विभिन्न प्रकारका औषधिय गुणले भरिपूर्ण लसुनको सेवनले मुटु सम्बन्धि रोग लाग्नबाट बचाउँछ । र, हृदयमा प्रभावकारी रुपमा रक्तप्रवाह गर्न मद्दत गर्छ । विशेषगरी, मुटुमा रक्तसञ्चार राम्ररी नभएमा कार्डियोभास्कुलर समस्या हुने सम्भावना बढ्ने गर्छ, जसका कारण छाती दुख्ने गर्छ । एक कप तातो पानीमा एक चम्चा लसुनको रस वा खाली पेटमा एक वा दुई पोटी लसुन दैनिक सेवन गरेर छाती दुख्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

घिउकुमारी जुस

घिउकुमारीमा विभिन्न औषधिय गुण हुन्छ । यसमा रहेको तत्वले कार्डियो भास्कुलर सिस्टम बलियो बनाउन, राम्रो कोलेस्ट्रोरलाई नियन्त्रण गर्न तथा रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ ।

त्यसैले, एक चौथाई कप घिउकुमारी जुसको सेवनले नियमित रुपमा गरेको अवस्थामा छाती दुख्ने समस्यामा कम हुने गर्छ ।

Sana Kishan

भिटामिन

विभिन्न अध्ययनहरुले जनाए अनुसार शरीरमा भिटामिन ‘डी’ तथा भिटामिन ‘बी १२’ को कमी भएमा छाती दुख्नुका साथै हृदयाघात हुनसक्छ । त्यसैले, छाती दुख्ने समस्या भएमा चिकित्सकहरु भिटामिन ‘डी’ तथा भिटामिन ‘बी १२’ले भरिपूर्ण आहारको सेवन गर्न सल्लाह दिने गर्दछन् । भिटामिन ‘डी’ तथा भिटामिन ‘बी १२’ माछा, पनीर, अण्डा, सोया तथा मासु लगायतको खानेकुराबाट पाउन सकिन्छ ।

तातो पेय पदार्थ

अपच वा एसिडिटीका कारण छाती दुख्ने समस्या भएमा तातो पानी राम्रो विकल्प हुनसक्छ । एक गिलास तातो पानीको सेवन वा हर्बल टीको सेवनले पेटको सुजन कम गर्नुका साथै पाचन तन्त्रमा आराम दिलाउँछ । र, छाती दुख्ने समस्या कम गर्न महत्वपूर्ण भूमिका खेल्छ ।

दुध बेसार

वेसारमा भरपूर मात्रामा करक्यूमिन पाइन्छ । यसको सेवनले कोलेस्ट्रोल कम गर्न, रगत जम्न तथा धमनीको अवरोध कम गर्न मद्धत गर्छ । त्यसबाहेक पनि करक्यूमिनमा सुन्निने समस्या कम गर्ने तत्व हुन्छ, जसले छाती दुख्ने समस्या तुरुन्तै कम गर्न मद्दत गर्छ । यसको लागि एक गिलास दुधमा आधा चम्चा बेसारको धुलो मिसाएर पिउनाले दुखाई कम हुने गर्छ । त्यसको लागि बेसार हालेको दुध रातीमा सुत्नु अघि पिउन सकिन्छ ।

तुलसी

तुलसीमा भरपूर मात्रामा भिटामिन ‘के’ तथा म्याग्नेसियम पाइन्छ । म्याग्नेशियमले मुटको रक्त प्रवाह बढाउनुका साथै रक्त वाहिकालाई आराम दिलान मद्दत गर्छ । जबकी भिटामिन ‘के’ ले रक्त वाहिकाको भित्तामा कोलेस्ट्रोल निर्माण हुनबाट रोक्छ । यसले हृदय सम्बन्धि रक्त विकार कम गर्नुका साथै छातीको दुखाई कम गर्न समेत मद्दत गर्छ । यसको लागि आठ देखि १० पत्ता तुलसीलाई यसै पनि चपाउन सकिन्छ वा चियाको रुपमा पनि सेवन गर्न सकिन्छ । यसबाहेक, एक चम्चा तुलसीको रसमा मह मिसाएर पिएमा पनि छाती दुख्ने समस्या तुरुन्तै कम गर्न सकिन्छ । अनलाइनखबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.