सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

६ कारणहरु, जसले हामीलाई रोगी बनाउँछ !!

रोग लाग्नु वा रोगी जीवन बाँच्नु आफैमा पीडादायक अवस्था हो । परिवारमा एक जना व्यक्ति मात्र रोगी हुँदा सम्पूर्ण सदस्यको दैनिकी प्रभावित हुन्छ । मानसिक तनाव बढ्छ । हामी चाहन्छौं, स्वस्थ जीवन बाँचौं । सधै निरोगी भएर बाँचौं । सधै तन्दुरुस्त भएर बाँचौं । दीर्घ जीवन बाँचौं । तर, हाम्रो कामना विपरित अनेकथरी रोगले हामीलाई गाँज्छ । नचाहेरै हामी अस्पताल धाउन, औषधि सेवन गर्न, उपचार गर्न बाध्य हुन्छौं । कतिपय घातक रोगले हामीलाई सताउँछ ।

धेरैजसो अवस्थामा चाहि रोग लाग्नु वा नलाग्नुमा हामी स्वयम् जिम्मेवार हुन्छौं । हामीले अपनाउने दिनचर्या, हामीले खाने खानेकुरा, हामीले लिने सोंच–विचार आदि यसको कारण बन्छ । जस्तो राती अबेरसम्म बस्ने, कुनैपनि शारीरिक गतिविधि नगर्ने, मसलेदार वा मीठो–मसिनो मात्र खाने, मदिरा सेवन गर्ने, ऐश–आरम मात्र खोज्ने, अनावश्यक चिन्ता लिने । यस्ता जीवनशैलीले हामीलाई निरोगी र तन्दुरुस्त राख्दैन ।

व्यक्तिगत सरसफाई नगर्ने

World Link Ads
Mahakali Polytechnic

यो अत्यान्तै सामान्य लाग्ने कुरा हो । जस्तो कि, बाहिरबाट घरमा पुगेपछि हातखुट्टा नधुने, कुनैपनि खानेकुरा खानुअघि हात सफा नगर्ने, शारीरिक सफाईमा ध्यान नदिने आदि । अहिले भने कोरोनाको भयले धेरैले साबुन पानीले हात धुने, सेनिटाइजर प्रयोग गर्ने गर्छन् । यद्यपि सामान्य दिनमा हामी यस्ता कुरामा ध्यान दिदैनौं, जो संक्रमित रोगको कारण बन्न सक्छ ।

घरको सरसफाई नगर्ने

घरमा नै हामीले धेरैजसो समय विताइरहेका हुन्छौं । खाने, बस्ने, सुत्ने घर नै हो । तर, घरको स्वच्छतामा भने हाम्रो खास ध्यान गइरहेको हुँदैन । घरलाई कसरी सफासुग्गघर राख्ने, कसरी स्वच्छ राख्ने भन्ने कुरामा ध्यान दिएका हुँदैनौं । घर नै दुषित भएपछि हाम्रो स्वस्थ्य राम्रो हुने कुरै भएन ।

खानेकुरा राम्ररी भण्डारण नगर्ने

बाँकी रहेको खानेकुरा राखेर पुन तताउने र खाने गरिन्छ । अहिले फ्रिजको सुविधाले गर्दा धेरैले एकै पटक विहान र साँझको लागि खाना तयार गर्ने र राख्ने गर्छ । यसरी तयारी वा पाकेको खानालाई बासी बनाएर खाने, उचित ढंगले भण्डारण नगर्ने बानीले पनि हामीलाई रोगी बनाउँदैछ ।

Sana Kishan

यसैगरी ताजा वा शुद्ध खानेकुरा खानुपर्छ भन्ने हेक्का राख्दैनौं । बजारबाट किनेर ल्याएका खानेकुरा पनि लामो समय राखेर खाने गर्छौ । कुन खानेकुरा कसरी भण्डारण गर्ने, कसरी पकाउने, कति अवधिमा खाइसक्ने भन्ने हेक्का नहुँदा हाम्रो स्वास्थ्यमा गडबडी आउने गरेको छ ।

मीठो मसिनोको लत

हामीलाई धेरै तेलमा तारेको, भुटेको खानेकुरा मीठो लाग्छ । मसेलदार खानेकुरा स्वादिलो लाग्छ । खानेकुरा पकाइरहँदा त्यसको स्वादमा ध्यान दिन्छौं । तर, उक्त खानेकुराले शरीरका लागि पोषण आपूर्ति गर्नुपर्छ भन्ने कुरा भुसुक्कै बिर्सन्छौं । त्यसैले कसरी खानेकुरा पकाउँदा त्यसको पोषण तत्व सुरक्षित रहन्छ भन्दा पनि कसरी पकाउँदा स्वादिलो हुन्छ भन्ने चक्करमा पर्छौं । यही कारण हामी रोगी बन्दैछौं ।

खानाको सन्तुलन नमिलाउने

मीठो पाए पेट चर्कनेगरी खाने प्रवृत्ति छ हाम्रो । खाना खाइरहँदा हामीलाई हेक्का हुँदेन कि, यही खानाबाट शरीरले पोषक तत्व लिन्छ । त्यसैले हाम्रो थालीमा खानेकुराको सन्तुलन हुँदैन । एकैथरी खानेकुरा मात्र खाने वा मीठो लागेको मात्र धेरै खाने बानी छ । मौसमी सागसब्जी, सलाद, दही–मोही, गेडागुडी आदिको सन्तुलन नमिलाउँदा पनि हामी कमजोर र रोगी हुन्छौं ।

सक्रिय नरहने

हामी ऐश–आरममा रमाउन चाहन्छौं । हामी सुविधाभोगी भएका छौं । मीठो मसिनो खाने, मनोरञ्जन गर्ने, मस्त बस्ने–सुत्ने । तर, शारीरिक गतिविधि नगर्ने । सकेसम्म आफ्नो स–सना काम पनि अरुलाई गर्न लगाउँछौं । खाना पस्कने, भाँडा माझ्ने, कुचो लगाउने, लुगाफाटो मिलाउने, जुत्ता पोलिस गर्ने जस्ता काम आफुले गर्नै नपरोस् भन्ने चाहन्छौं । न कुनै श्रम गर्छौं, न व्यायाम । योग, ध्यान, व्यायाम गर्न जागर चल्दैन । यही कारण हाम्रो शरीर रोगी र जीर्ण हुँदैछ । अनलाइनखबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.