

नेपाली काँग्रेसको पुनर्वास नगर कार्य समितिका लागि आज भएको चुनावमा शुक बहादुर तामाङ्ग विजयी भएका छन ।
नगर सभापतिका लागि शुक बहादुरले आफ्नो प्रतिस्पर्धी दिल बहादुर बोहरालाई १० मतले पछि पार्दै विजयी भएका हुन । दिल बहादुरले ७३ मत पाएका थिए । कुल मतदाता १६९ रहेकोमा १६७ मत खसेको थियो भने ११ मत बदर भएको थियो । उपसभापतिका उमेद्वार खगेन्द्र ओझाले ८९ मत र नगेन्द्र श्रेष्ठले ७९ मत ल्याएर विजयी भएका छन।
त्यसै गरि सचिव पदका उमेद्वार परि रावलले ८० मत र चन्द्रमणी गैरेले ७७ मत ल्याएर विजयी भएका छन । सह सचिवका उमेद्वार राम कुमार रानाले ७५ मत र लौटन रानाले ७२ मत ल्याएर बिजयी भएका छन । कचहरी डटकम बाट सभार
