सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दशरथचन्द नगरपालिकाको कांग्रेस नगर सभापतिमा भुवनराज भट्ट बहुमतले विजयी !!

बैतडी –  नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत दशरथचन्द नगरपालिकाको नगर सभापतिमा भुवनराज भट्ट विजयी भएका छन् । भट्टले १०४ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्दी गजेन्द्रसिंह रावलले ७९ मत ल्याए ।

यस्तै उपसभापतिमा भट्ट प्यानलकै सुरजबहादुर चन्दले ११९ र हरिराम टमाटाले ११७ मत ल्याएर विजयी भएका छन् । यसैगरी सचिवमा भट्ट प्यानलकै गणेशसिंह थापाले ११७ र श्यामबहादुर चन्दले ११५ मत ल्याएर विजयी भएका छन् ।

Sana Kishan

सहसचिवमा भट्ट प्यानलकै उत्तमराज जोशीले ११६ मत र राजेन्द्रप्रसाद बडुले ११७ मत ल्याएर विजयी भएका मतदान अधिकृत रघुबीरसिंह थापाले बताए ।

World Link Ads
Mahakali Polytechnic

नगरकार्यसमितिका अन्य सदस्यहरु भने सहमतिमै चयन भएका छन् । शनिबार सम्पन्न भएको नगर अधिवेशनले ६४ सदस्यीय नगर कार्यसमिति चयन गरेको मतदान अधिकृत थापाले बताए ।

 

 

 

(सगुन खबरबाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.