सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

हाम्रो पार्टीले पनि देश हाँक्नेछ : अध्यक्ष माधवकुमार नेपाल

186
Sana Kishan

नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी छिट्टै सरकारमा जाने बताउनुभएको छ ।

शनिवार मकवानपुर जिल्लाको सपथ ग्रहण तथा जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा(एकीकृत) छिट्टै सरकारमा सहभागी हुने बताउनुभएको हो । उहाँले आफ्नो पार्टी देशलाई परिवर्तनको दिशामा हिँडाउन, लोकतन्त्रलाई जोगाउन र देशको प्रतिष्ठा बचाउनमा क्रियाशील हुने बताउनुभयो ।

Arus

उहाँले भन्नुभयो – ‘नेकपा(एकीकृत समाजवादी) पनि यो सरकारमा सहभागी हुनेछ । यो देश हाँक्नेछ । यो देशलाई परिवर्तनको दिशामा अगाडि बढाउने छ । हाम्रो चिन्ता लोकतन्त्रलाई जोगाउने हो । जनताको सेवा गर्ने हो । देशको इज्जत र प्रतिष्ठा बचाउने हो ।’

Nepali Khaja
Karnali Traders

अध्यक्ष नेपालले गठबन्धनका बीचमा सहकार्यको संस्कृति विकास गर्ने पनि बताउनुभयो । उहाँले गठबन्धनसँग मिल्दै प्रदेशमा पनि संयुक्त सरकार चलाउने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘सहकार्यको संस्कृति विकास गर्नुपर्नेछ । प्रदेशमा पनि सामुहिक रुपमा सरकार चलाउन चाहान्छौँ । राम्रो मान्छेलाई प्रोत्साहित गर्न चाहान्छौँ । योग्यता क्षमता भएको मान्छेलाई हुर्काउन चाहान्छौँ ।’

उहाँले एकीकृत समाजवादीको संगठन स्थानीय तहसम्म मजबुद रहेको बताउनुभयो । आफुहरुले पार्टीलाई पहिलो बनाउन चाहेको पनि उहाँले उल्लेख गर्नुभयो । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.