सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

महेन्द्रनगरमा ६ क्विन्टल बढी मन्दिरका घण्टी सहित दुईजना पक्राउ

महेन्द्रनगरमा ६ क्विन्टल बढी मन्दिरका घण्टी सहित दुईजना पक्राउ
कञ्चनपुर –महेन्द्रनगर बजारबाट प्रहरीले छ क्विन्टल ६१ किलो पुराना घण्टी बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले महेन्द्रनगर बजारस्थित गल्ली नं १ मा रहेको ठकुराठी ब्रदर्शको गोदाममा छापा मार्दा मन्दिरबाट चोरेर बिक्रीका लागि ल्याइएका उक्त परिमाणको घण्टी बरामद गरेको हो ।

गोदाम महेन्द्रनगरका व्यापारी पदम ठकुराठीको हो । प्रहरीले छापा मार्न लाग्दा गोदाम बैंकले भाडामा लिएको भन्दै खोल्न आनाकानी गरेका घण्टी टल्काउने दुई मजदुरका साथै घण्टी टल्काउने प्रयोग गरिने उपकरण पनि नियन्त्रणमा लिईएको छ ।

Sana Kishan

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१५ का ५८ वर्षीय पदम कोली र बैतडीका ३८ वर्षीय धनीराम टमटा रहेका छन् ।
घण्टी बरामद गरेपछि अहिले अनुसन्धान भईरहेको प्रहरी निरीक्षक बमले बताए । गोदाम साहू र सिद्ध बैजनाथ मन्दिर कार्यसमितिका पदाधिकारीलाई पनि अनुसन्धानका लागि बोलाइने उनले बताए ।

World Link Ads
Mahakali Polytechnic

व्यापारी ठकुराठीले भने मन्दिर समितिले लिलाम गरेका पुराना घण्टी लिएको जिकिर गरेका छन् ।सगुन खबर

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.