सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बेलडाँडीमा एमालेको विस्तारित भेला सम्पन्न

बेलडाँडी,
नेकपा एमाले बेलडाँडी गाउँकमिटिको आयोजनामा भएको विस्तारित भेला सम्पन्न भएको छ । बेलडाँडी गाउँकमिटिको आयोजनामा भएको विस्तारित भेलाले पाटीलाई एकढिक्का भएर लैजाने निष्र्कष निकालेको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा एमाले जिल्ला अध्यक्ष विर बहादुर थापा (पातल)ले भने अहिलेको अवस्था दणिपन्थी संग मिलेर आफ्नै सरकार ढाली अध्यादेश मार्फत पाटी विभाजन गर्नुले माधव नेपल लगायतका नेताहरु छिट्टै दुर्भाग्यमा पर्ने बताए ।

एमाले जिल्ला सचिवालय सदस्य तथा बेदकोट नगरपालिकाका प्रमुख अशोक चन्दले भने अहिलेको अवस्थामा जनताद्धारा सुर्य चिन्हबाट चुनाव लडी अर्को पाटीमा सनाखत गर्नु वा गतिविधी गर्नु कनैपनि पाद्धतिको खिलाफ भएको बताए ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

अर्का सचिवालय सदस्य पल्लबराज भट्टले भने स्थानीय सरकार बनाउन माओवादी केन्द्र संग पहिला चुनावी गठवन्धन र पछि पाटी एकता गर्नु बाध्यकारी भएको र त्यसको फाइदा उठाउन खोज्दा संसद विघटन भएको बताउदै अहिले माधव नेपालले कुनै सैद्धान्तिक कारण नभइ पदको लोपमा लागि पाटी बिभाजन गरेको बताए ।

Dirghayu Ads

शुक्रवार बेलडाँडीको क्याम्पमा भएको भेलामा नेकपा एमाले जिल्ला अध्यक्ष विरबहादुर थापा (पातल) लगायत जिल्ला सचिवालय सदस्य तथा बेदकोट नगरपालिका प्रमुख अशोक चन्द, पल्लबराज भट्ट, मोहन बडु, जिल्ला सदस्य धन बहादुर थापा, अक्कल बहादुर बिष्ट, चित्रा चौधरी, कमला कार्की, रामसिह धामी, रामचन्द्र रेग्मी लगायत नेताकार्यकर्ताहरुको उलेख्य सहभागिता रहेको बेलडाँडी गाउँकमिटी सचिवालय सदस्य शंकर भट्टले जानकारी गराउनु भयो ।

उक्त भेलाले गाउँकमिटि सचिवालय सदस्य तथा वडाध्यक्ष अम्मर बहादुर खत्री र बेलडाँडीका युवा नेता दिपेन्द्र सिह धामीलाई अर्को पाटीमा गएको भन्दै कार्वाही गरेको एमाले बेलडाँडीले जनाएको छ ।
सो भेलामा कांग्रेस परित्याग गरी १० जाना कार्यकर्ताहरुले एमालेमा प्रवेश समेत गरका छन् । बिमल धामीले बेलडाँडी पोस्टमा लेखेका छन

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.