

नेपाली काँग्रेसको शुक्लाफाँटा नगर समितिको सभापतिमा दान बहादुर ऐर निर्विरोध भएका छन् । काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार नगर सभापतिमा ऐर एक्लैको उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । नगर सभापतिमा निर्विरोध भएका ऐर काँग्रेस संस्थापनको एनपी साउँद समूहका हुन् । उनीसंगै साउँद समूहका तेज शाह पनि सभापतिका दाबेदार थिए । साउँद समूहभित्र सहमतिमा ऐरलाई सहमति दिए पश्चात दाङ बहादुर ऐर लाई नगर सभापति बन्न सहज भएको हो।

शुक्लाफाँटा नगरपालिका को नगर समितिमा समेत अन्य पदाधिकारीहरु पनि साँउद समूहकै आएका छन् । नगर उप सभापतिमा देबराज जोशी र हरि सिह कुँबर आएका छन् । नगर सचिवमा हिमालय चन्द र हरेन्द्र कुमार भण्डारी,यसैगरी सह सचिवमा तारादत्त अवस्थी र ध्रवराज पन्त गरि ७ सदस्यहरु निर्बिरोध चयन गरिएको नगर सभापति दान बहादुर ऐर ले बताए। कोषाध्यक्ष पदका लागि भने मनोनयन गरिने उनले बताए।
