सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

समाजवादीमा गएका महरा एमालेमा फर्किए !

महेन्द्रनगर : पार्टी बिभाजनपछि समाजवादी पार्टी रोजेका एमाले कञ्चनपुरका उपसचिव रण बहादुर महरा पुन ः एमालेमै फर्किएका छन् । हिजो मात्रै आफ्नो फेसबुकवालमा भावुक स्टयाटस पोष्ट गरेका महराले सनिवारदेखि एमालेमा फर्किएका हुन ।

उनले आजैदेखि पार्टीको गतिविधीमा संलग्न भएका छन् । एमाले पार्टी कार्यालयमा भीमदत्त नगर वार्ड नम्बर ४ को भेलामा पार्टी उपसचिवको हैसियतमा आसन ग्रहण गरेका छन् ।
एमाले जिल्ला कमिटीको पूर्णकालिन बैठकले १० बुदे सहमती अनुसार जेठ २ कै संरचनामा सबै कमिटीहरु सञ्चालन गर्ने निर्णय गरेको थियो । साथै पार्टी छोडर गएकाहरुलाई मुलधारमै फर्कन आग्रह गरेको थियो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

महरा एमाले जिल्ला कमिटीका निर्वाचित उपसचिव हुन । उनी पार्टी प्रचार प्रसार उपसमितिको जिल्ला प्रमुख पनि हुन । पार्टी बिभाजनपछि उनले माधव नेपालको पार्टी समाजवादी तिर लागेका थिए । समाजवादीको पहिलो भेलामा समेत उनि उपस्थीत भएका थिए ।

एमाले कञ्चनपुर जिल्ला कमिटीका सचिव सुरेन्द्र बिष्टले महरा मूल पार्टीमै फर्किएकोमा खुसी ब्यक्त गरे । उनले ‘बिभाजनको पक्षमा लागेका अन्य सबै साथीहरुलाई पनि एमालेमै फर्किएर जिम्मेवारी सम्हाल्न आग्रह गर्छु’ भने । अभियान दैनिक बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.