सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

धेरै खाना खाँदा मोटोपन बढ्छ ?

भोजनसँग जोडिएको केही मिथकहरु सधैं हामी सुन्न सक्छौं । तर धेरै मिथकहरुलाई हामी तथ्य खोजेर सल्टाउने प्रयास गर्दैनौं । जसले गर्दा कतिपय झूटलाई पनि हामीले स्वीकार गरिरहेका हुन्छौं । जसले गर्दा कैयौं पटक यसले हाम्रो स्वास्थ्यमा समेत नोक्सानी पुर्याउने गर्छ । त्यसैले केही विशेषज्ञहरुले खाना सम्बन्धी केही मिथक र त्यसको सत्यताबारे बताएका छन् ।

खानासँग जोडिएको मिथक एवं त्यसको यथार्थ
धेरै खाना खाँदा वजन बढ्छ

हामीमध्ये धेरै मान्छेलाई लाग्छ कि यदि हामीले धेरै खाना खायौं भने हाम्रो वजन बढ्ने गर्छ । यस चक्करमा हामी राम्रोसँग खाना खाँदैनौं । यसबाट हाम्रो शरीरमा स्वास्थ्य पोषक तत्वको कमी हुने गर्छ । तर विशेषज्ञहरु धेरै खाना खाएर मोटो भइँदैन भन्छन् । बरु गलत समयमा खाने र गलत मात्रामा खाँदा बरु मोटोपनको शिकार भइन्छ । यसको लागि सही समय र स्वस्थ मात्रामा भोजन गरौं । समय समयमा थोरै थोरै मात्रामा खाना खानु स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । यसबाट मेटाबोलिज्म तीब्र हुन्छ । जसबाट तपाईंले जे र जति खानुहुन्छ ती सबै पचाउन सक्नुहुन्छ ।

World Link Ads
Mahakali Polytechnic

२ चुकन्दर हेमोग्लाबिन बढाउन सहयोगी हुन्छ

चुकन्दर खानुको फाइदा धेरै मान्छेलाई थाहा छ । धेरैले चुकन्दर शरीरमा रगतको मात्रा बढाउनको लागि र हेमोग्लोविन बढाउनको लागि मद्धत गर्छ । यसको पछि मान्छेहरु भ्रममा रहेको देखिन्छ । चुकन्दरमा एन्टिअक्सिडेन्ट, फोलेट, पोटासियम जस्ता तत्वहरु हुन्छन् । जुन मुटुको लागि उपयुक्त हुन्छ । क्यान्सर प्रतिरोधी गुणका साथ यसले ब्लडप्रेसर पनि कम गर्ने गर्छ ।

३. अण्डाको पहेलो भागले कोलेस्ट्रोल बढाउँछ

एउटा अण्डाको बीचमा पहेँलो भाग हुन्छ । जसमा १६ किसिमका महत्वपूर्ण तत्वहरु पाइन्छ । एउटा अण्डाको पहेँलो भागमा ३ ग्राम प्रोटिन र ३०० मिलिग्राम कोलेस्ट्रोल पाइन्छ । तर यो कोलेस्ट्रोल बढाउन जिम्मेवार भने हुँदैन । तर अण्डाको साथमा धेरै चिल्लो पदार्थयुक्त खाना खानु भने कोलेस्ट्रोलको कारण बन्न सक्छ । साथै, यदि तपाईं धेरै मात्रामा अण्डा खानुहुन्छ भने कोलेस्ट्रोल बढ्न सक्छ ।

Sana Kishan

४. उसिनेको भात र साबुदाना मधुमेहका रोगीको लागि प्रभावकारी

साबुदाना शुद्ध स्टार्चको दाना हो । यसमा कुनै फाइबर हुँदैन र यसले शरीरमा चिनीको मात्रा बढाउँछ । तसर्थ, एक मधुमेह रोगीले साबुदाना खानबाट बच्नु पर्छ । केही मानिसहरु भन्छन् कि चामललाई उमालेर र यसको पानी निकालेपछि मधुमेहका रोगीले पनि भात खान सक्छन् । जबकि यो गलत कुरा हो । वास्तवमा, जुनसुकै विधिबाट पकाएको चामल पनि ग्लाइसेमिक इन्डेक्स समान हुने गर्छ । किनकि चामलमा स्टार्च हुन्छ । मधुमे रोगीको लागि सलाद र तरकारीको साथ सन्तुलित नियन्त्रित हिस्सामा भात खान हुन्छ । तर धेरै मात्रामा खान सकिँदैन ।

५. मधुमेहमा सख्खर र मह खान हुन्छ तर चिनी हुँदैन

मधुमेह भएकाहरुले खान हुने र नहुने खानेकुरा पहिचान गर्नु जरुरी हुन्छ । धेरैजसो मानिसलाई लाग्छ कि मधुमेहका रोगीले चिनीको सट्टा सख्खर र मह खानु स्वास्थ्यका लागि राम्रो मानिन्छ । तर यो एक मिथक हो । किनकि गुलियो भनेको गुलियो नै हो । चाहे त्यो चिनीमा होस् वा महमा । तसर्थ, मधुमेहका रोगीको लागि यस्ता गुलियो पदार्थमध्ये कुनै पनि लाभदायक छैन ।

६. थाइराइड भएकाहरुले बन्दा, ब्रोकोली र फूलगोभी खानुहुँदैन

बन्दा, ब्रोकोली र फूलगोभी तीनै तरकारी क्रुसिफेरस भेजिटेवल हो । यो पनि विश्वास गरिन्छ कि थाइराइडको समस्या हुँदा क्रुसिफेरस भेजिटेवल खानबाट बच्नुपर्छ । जुन कुरा गलत छ । यसमा स्वास्थ्यवद्र्धक तत्व पनि हुन्छ र कहिलेकाहीँ यो खाँदा हामीलाई नोक्सानी नपुग्ने पनि हुन्छ ।

७ सर्जरीपछि माछा खानु हुँदैन

शल्यक्रियापछि, धेरै पटक माछा खानबाट बच्नुपर्छ । विशेष गरी जब तपाईंले सर्जरीको क्रममा टाँका लगाउनु भएको छ । त्यो निको नभएसम्म माछा खानबाट बच्नुपर्छ भन्ने मान्यता छ । तर चिकित्सकहरु राम्रोसँग पकाएर खाने हो भने सर्जरीको समयमा पनि माछा खान समस्या नहुने बताउँछन् ।
अनलाइनखबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.