सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

साहिद अफ्रिदिले भने :’इपिएलमा दुई खेल खेल्छु तर शक्दो छक्का हानेर मनोरञ्जन दिनेछु’

129
Sana Kishan

पाकिस्तानी क्रिकेटर साहिद अफ्रिदीले नेपाली दर्शकहरूमाझ खेल्न आतुर भएको बताएका छन् । काठमाडौं किंग्स इलाभेनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अफ्रिदीले नेपाली क्रिकेटलाई आवश्यकता परेको समयमा आफुले सँधै साथ दिने बताए ।

“म यहाँ नेपाली क्रिकेटलाई सहयोग गर्न आएको हुँ । नेपाली समर्थकहरूमाझ खेल्न निकै उत्साहित छु । साथै शक्दो छक्का प्रहार गरेर दर्शकलाई मनोरञ्जन दिने कोसिस गर्नेछु । नेपाली क्रिकेट पछिल्लो सयम राम्रो अवस्थामा छ । आफ्नो उपस्थितिले केही सहयोग पुगोस भन्ने मेरो मान्यता हो,। ‘नेपालमा मैले विगत दुई दिन निकै रमाइलो महसुस गरें । यस सिजन केवल दुई खेल खेल्नेछु । तर अर्कोपटक म पुरै सिजन खेल्नेगरी आउनेछु’ उनले भने, ‘अर्कोपटक पुरै परिवारसहित घुम्न आउने सोचमा छु ।’ आफु केवल क्रिकेट खेल्न मात्र नभएर नेपाल र पाकिस्तान बीचको मित्रवत सम्बन्धलाई प्रगाढ बनाउनसमेत आएको अफ्रिदीले बताए । उनले काठमाडौं किग्सं इलाभेनबाट खेल्नेछन् ।

Arus
Karnali Traders

अफ्रिदी यस संस्करणको ईपीएल खेल्ने सर्वाधिक ठूला खेलाडी हुन् । अफ्रिदीले ईपीएलको सुरुवाती दुई खेल मात्रै खेल्ने छन् । अफ्रिदीले शनिबार हुने ललितपुर प्याट्रियट्र्सविरुद्ध र सोमबार विराटनगर वारियर्सविरुद्ध खेल्ने तालिका छ । ४१ वर्षीय अफ्रिदी विश्व क्रिकेटकै एक उत्कृष्ट अलराउन्डर हुन् । उनलाई बुम बुम अफ्रिदी पनि भन्ने गरिन्छ । अफ्रिदी ठूला सर्ट र स्पिन बलिङका लागि परिचित नाम हुन् । ४१ वर्षीय अफ्रिदीले पाकिस्तानबाट २७ टेस्ट, ३ सय ९८ ओडीआई, ९९ टी–२० आई र ३ सय २६ टी–२० खेल खेलेका छन् ।

Nepali Khaja

अफ्रिदीले सन् १९९६ मा केन्याविरुद्ध ओडीआईमा डेब्यु गर्दै अन्तर्राष्ट्रिय क्रिकेट यात्रा अघि बढाएका थिए । अफ्रिदीले ओडीआईमा ८ शतक र ३९ अर्धशतकसहित कुल ८ हजार ६४ रन बनाएका छन् । ओडीआईमा अफ्रिदीले ३ सय ९५ विकेट लिएका छन् । उत्कृष्ट प्रदर्शन ७–१२ छ । टी–२० आई अफ्रिदीले २००६ मा इंग्ल्यान्डविरुद्ध डेब्यु गरेका थिए । अफ्रिदीले टी–२० मा १ हजार ४ सय १६ रन बनाउँदा ९८ विकेट लिएका छन् ।

ओडीआईमा उनले १९९६ मा श्रीलंकाविरुद्ध ३७ बलमा शतक प्रहार गरेका थिए । जुन खेलमा अफ्रिदी ओडीआईमा शतक प्रहार गर्ने सर्वाधिक कान्छा खेलाडी बनेका थिए । उनले १६ वर्ष २ सय १७ दिनमा श्रीलंकाविरुद्ध शतक बनाउँदै कीर्तिमान कायम गरेका थिए । ओडीआईमा सर्वाधिक छिटो शतक बनाउने कीर्तिमान एवि डिभिलियर्सको नाममा ३१ बलमा वेस्टइन्डिजविरुद्ध छ । वेस्टइन्डिजविरुद्ध २०१३ मा ९ ओभरमा १२ रन खर्चेर ७ विकेट लिएका थिए । tajakhabartv.com बाट सभार

kfg mit mart
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.