

कानूनतः सम्बन्ध विच्छेदको मुद्दा अदालतले हेर्ने हो। तर, लहान नगरपालिका ५ का वडा अध्यक्ष सुलेमान अन्सारीले वडा कार्यालयमै एक मुस्लिम दम्पतिको सम्बन्ध विच्छेद गराइदिएको छ। सम्बन्ध विच्छेदको कागज बनाइदिएपछि केटाले अर्को विवह पनि गरिसके।
तर, केटी पक्षले कागज भएअनुसार न त दाइजो फिर्ता पायो न न्याय। उनी भने वहुविवाहको निवेदन बोकेर न्याय माग्दै भौतारिरहेका छन्। ०७५ साउन २० गते लहान नगरपालिका ५ का २३ वर्षीया तबसुम अजमेरीको बिहे भगवानपुर गाउँपालिका २ गम्हरियाँका २८ वर्षीय मोहम्मद नइमसँग भयो।


विवाह भएको दुई महिना नबित्दै नइम बैदेशिक रोजगार कतारमा गए।‘बिहे भएको महिना दिन नबित्दै घरमा दुःख दिन थाल्यो। पति पनि विदेश गयो। विदेश जान रोक्न खोज्दा पनि मानेन। थाहै नदिई गयो,’तबसुमले भनिन्, ‘विदेश गएपछि झन सम्पर्क गर्न मानेन।

यता, घरमा सासु ससुराले पीडा दिन थाल्यो।’ उनी माईतमा आएर बस्न थालिन्। पछि गाउँका अगुवाहरुले छलफल गरी सासु ससुरासँगै बस्न पठाएको उनले सुनाईन्। ‘केही महिना नपुग्दै फेरी पहिलेकै जस्तै दुःख दिन थालेपछि माईत फर्किन्। पति पनि सम्पर्क बिहीन भए।
सासु ससुराले धाकधम्की हिंसा गर्न छाडेनन,’उनले भनिन,‘मेरो बुबाले गाउँका अगुवा, वडा अध्यक्षलाई घटना मिलाईदिन आग्रह गरे। तर, अगुवाहरुले सम्बन्ध विच्छेदको निवेदन हाल्न लगायो।’ उनले ०७७ मंसिर ४ गते लहान नगरपालिका ५ को कार्यालयमा निवेदन दिएकी थिइन्। गण्डकी छड्के बाट सभार
