सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कसरी कम गर्ने खानामा सोडियमको मात्रा ?

एक पटक सोच्नुस् त, त्यस्ता के के खानेकुरा छन् जसमा सोडियमको मात्रा उच्च हुने गर्छ ? फ्रेञ्च फ्राइड, चिप्स, मम, पिज्जा, चाउमिन लगायतका फास्टफुड, प्रोसेस्ड फुड तथा रेष्टुरेन्टमा पाइने विभिन्न खानेकुरा ?

त्यतिमात्र होइन पश्चिमाहरुले धेरै उपभोग गर्ने ब्रेडमा समेत प्रशस्त मात्रामा सोडियमको प्रयोग गरिएको हुन्छ, जुन सुन्दा जो कसैलाई आश्चर्य लाग्न सक्छ ।

तर, यस्ता उच्च सोडियमयुक्त खानेकुरामा क्यालोरीको मात्रा पनि बढी हुने गर्छ । पकाउन सजिलो तथा सजिलै उपलब्ध हुने भएकोले मानिसहरुको रोजाईमा यस्ता खानेकुरा पर्ने गर्छ । त्यसैले, तपाईंको खानामा चिप्स, स्न्याक्स, ब्रेड, फ्राइड फुड, प्रोसेस्ड फुड, रेष्टुरेन्ट फुड लगायतका खानेकुरा समावेश छन् भने बुझ्नुहोस् तपाईले नुन मात्र खाइरहनु भएको छैन, शरीरमा क्यालोरीको मात्रा समेत बढाइरहनु भएको छ ।

World Link Ads
Mahakali Polytechnic

आश्चर्य लाग्न सक्छ, सोडियम र वजनबीचको सम्बन्ध यतिमा मात्र सिमित छैन । यस्ता अन्य धेरै कुराहरु छन्, जहाँ सोडियमले मानिसमा भोक मात्र जगाउँदैन, उनीहरुको खानेकुरा खाने क्षमतालाई समेत बढाउँछ ।

Sana Kishan

सोडियमकै कारण मानिसलाई प्यास समेत छिटो छिटो लाग्ने गर्छ । परिणामस्वस्प, मानिसहरु सोडा, वियर लगायतका चिसो पेय पदार्थ समेत धेरै पिउने गर्छन् । त्यसैले त, बारका मानिसहरुले वियर वा अन्य मदिरा धेरै खपत हुने आशमा तपाईको टेबल अगाडी पपकर्न तथा पिनट्सले भरिएको भाडा फ्रिमा दिने गर्छन् । अतः उच्च सोडियमयुक्त खानेकुरा खाने व्यक्तिको वजन बढ्नु कुनै नौलो हैन ।

सन् २०१५ मा गरिएको एक अध्ययनले समेत उच्च सोडियमयुक्त खानेकुराको सेवनले तौल बढ्नुृका साथै कम्मर ठूलो हुने देखाएको छ । त्यसबाहेकका अन्य अध्ययनहरुले समेत सोडियमको उच्च खपत र शारीरिक तौलबीच गहिरो सम्बन्ध रहेको देखाएको छ ।

उच्च सोडियमयुक्त खानेकुराको सेवनले उच्च रक्तचापको समस्या त निम्तन्छ । यसले पनि के प्रमाणित गर्छ भने उच्च सोडियमयुक्त खानेकुराको सेवनले शरीरमा पानीको मात्रा रिटेन (जम्मा) भई शरीरमा पानीको मात्रा बढाएर उच्च रक्तचापको समस्या निम्त्याउने गर्छ ।

खानामा सोडियमको मात्रा कसरी कम गर्न के गर्न सकिन्छ भन्नेबारेमा विभिन्न अध्ययन अनुसन्धान त भई नै रहेको छ । तर अहिलेको लागि भने के बुझ्न जरुरी छ सोडियमको सेवन कम गरेर पनि बढ्दै गएको वजनलाई त अवश्य नै नियन्त्रणमा ल्याउन त सकिन्छ । उच्च सोडियमयुक्त खानेकुराको सेवन कम गरेर पनि हाई क्यालोरी जंकफुडको सेवनमा समेत कमी ल्याउन सकिन्छ ।

यसको लागि उच्च सोडियमयुक्त खानेकुरालाई पूर्ण रुपमा बन्देज गर्न जरुरी छैन । खानामा सामान्य ध्यान दिएर तथा प्रोसेस्ड गरिएको खानेकुरा तथा जंकफुडको सेवन कम गरेर पनि सोडियमको मात्रालाई नियन्त्रणमा राख्न सकिन्छ । जसको मद्दतले रक्तचाप कम हुनुका साथै तौल समेत नियन्त्रित हुने गर्छ । अनलाइनखबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.