

कञ्चनपुर – बेदकोट नगरपालिका वडा नं. १० नयाँ गाउँमा रहेको नवदूर्गा आधारभूत विद्यालयको दुई कोठे भवनको उद्दघाटन भएको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लाल बहादुर खड्काले नवनिर्मित भवनको उद्दघाटन गर्नु भएको हो ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालयद्वारा आर्थिक वर्ष २०७६÷०७७ विद्यालय क्षेत्र सुधार कार्यक्रम अन्तरगत प्राप्त सहयोगले निर्माण गरिएको हो उक्त उद्दघाटन कार्यक्रममा वेदकोट नगरपालिका–१० का वडा अध्यक्ष्,ा, विद्यालय व्यवस्थापनका अध्यक्ष लगायत सम्पुर्ण विद्यालयका शिक्षक, शिक्षिका लगायतको उपस्थिति रहेको समाजिक विकास मन्त्रालयका स्वकीय सचिव भुवन बडावालले बताए ।

नवनिर्मत दुई कोठे भवनले विद्यार्थीको पढाईमा सहजता ल्याउने आफुले विश्वास लिएको साथै विकासको लागि आफ्नो तर्फबाट कुनै कमी नहुने मन्त्री खडकाले बताउनु भयो । विकास सिह महताले ईसुदुर दर्पणमा लेखेका छन्।
