सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

माधव नेपालको आरोप : एमालेले जबजलाई कुरूप बनाउँदै लग्यो

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जनताको बहुदलीय जनवादलाई नेकपा एमालेले कुरूप बनाउँदै लगेको आरोप लगाएका छन्।

जबजबारे केन्द्रीय कमिटी सदस्यहरूको धारणालाई प्रष्ट पार्दै अध्यक्ष नेपालले भने, ‘जनताको बहुदलीय जनवाद पनि मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकासको सन्दर्भमा देखापरेको त्यसको सिर्जनात्मक अध्याय हो। यसलाई हामीले थप विकसित गर्नेछौँ।’ जबजको सिद्धान्त र विचारलाई टेकेर समाजवाद र समृद्धिको बाटोमा लाग्ने प्रष्ट पारे।

Sana Kishan

‘आजभन्दा अगाडी नेकपा(एमाले)ले जबजलाई कुरूप गर्दै गएको थियो। त्यसलाई बिरूप बनाउँदै गएको थियो। या त यसलाई देवत्वकरण गर्ने र जबजलाई बेद, पुराणजस्तो कहिल्यै परिवर्तन हुन नसक्ने बनाउँदै लगिएको थियो। या त यसलाई यति विकृत बनाइएको थियो कि जबजका आदर्श भनेकै आजका व्यवहारहरु नै जबजको आदर्श हुन् भने जबजको पनि काम छैन भन्ने ठाउँमा पु¥याउन लागिएको थियो। हामी त्यसबाट मुक्त हुन चाहन्छौँ।’ थाहा खबर बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.