सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विदेशमा चीनको सहयोगमा कोइलामा आधारित परियोजनाहरू बन्ने छैनन् : सी जिनपिङ

विश्वव्यापी रूपमा हरित गृह ग्यास उत्सर्जन कटौतीमा योगदान गर्नका लागि भन्दै चीनले आफ्नो देशको सीमाभन्दा बाहिर कोइलामा आधारित परियोजनाहरू नबनाउने बताएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले संयुक्त राष्ट्र सङ्घको महासभालाई सम्बोधन गर्ने क्रममा यस्तो घोषणा गर्नुभएको हो ।

राष्ट्रपति सी जिनपिङले राष्ट्र सङ्घ महासभालाई भिडियोमार्फत सम्बोधन गर्दै भन्नुभयो, ‘विकासशील देशहरूलाई हरित तथा न्यून–कार्बन ऊर्जा उत्पादनका लागि सहयोग गर्न चीन अघि आउने छ । विदेशमा चीनको सहयोगमा कोइलामा आधारित परियोजना बन्ने छैनन् ।’

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

चीनले इन्डोनेशिया, भियतनासहितका देशमा कोइला खानीमा आधारित परियोजनाहरूमा सहयोग गर्दै आएको छ । पछिल्लो समय ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’अन्तर्गत चीनले ठूलो लगानी गरिरहेको हो ।

पेरिस जलवायु सम्झौताले तय गरेको लक्ष्य पूरा गर्नका लागि उत्सर्जन कटौती गर्नुपर्नेमा चीनले कोइलामा आधारित परियोजनामा लगानी गरेको भन्दै आलोचना भइरहेका समय चीनले यो कदम अघि बढाउने बताएको हो । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.