सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यी हुन् एकीकृत समाजवादीका महासचिव दाबेदार

नेकपा एकीकृत समाजवादीको जारी केन्द्रीय कमिटी बैठकले महासचिव टुंगो लगाउने गरी छलफल अगाडि बढाएको छ । मंगलबारदेखि शुरु भएको प्रथम केन्द्रीय कमिटी बैठकमा महासचिव टुंगो लगाउने गरी छलफल भएको छ ।

‘महासचिव टुंगो लगाउनेबारे आज पनि छलफल भयो । तर टुंगिएको छैन,’ केन्द्रीय सदस्य राजेन्द्र राईले भने । उनका अनुसार जारी बैठकबाटै महासचिव टुंगो लगाएर जाने तयारी छ ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वको एकीकृत समाजवादी गत २ भदौमा गठन भएको छ । तर महासचिव लगायत पदाधिकारी टुंगिन सकेको छैन । ‘राष्ट्रिय सम्मेलनले पार्टीको संरचना टुंगो लगाउने छ । तर त्यसअघि महासचिव चाहिं बनाऔं भन्ने हो,’ प्रवक्ता जगनाथ खतिवडाले भने ।

World Link Ads
Mahakali Polytechnic

यसअघि नै महासचिव टुंगो लगाउने तयारी एकीकृत समाजवादीमा थियो । तर महासचिवका दाबेदार धेरै भएपछि टुंगो लाग्न सकेको छैन ।

महासचिवका लागि वेदुराम भुसाल, मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, प्रकाश ज्वाला, डा. विजय पौडेल लगायतले दाबी गरेका छन् । ‘अनुभवी नेतालाई महासचिव बनाउने कि युवालाई भन्ने बहस पनि भइरहेको छ,’ एक नेताले भने । दाबेदारहरुमध्ये भुसाल, पाण्डे र पौडेलको दाबी सशक्त रहेको ती नेताले बताए ।

भुसाल लामो समयदेखि अध्यक्ष नेपाललाई साथ दिँदै आएका नेता हुन् । पञ्चायतकालमा १४ वर्ष जेल बसेका भुसालले महासचिवको दाबी छाडेका छैनन् । तर एकीकृत समाजवादी राष्ट्रियसभा संसदीय दलको नेताको जिम्मेवारी पाइसकेका भुसाल स्थायी कमिटीमा छन् ।

स्रोतका अनुसार भुसालले जिम्मेवारी पाइसकेका पाण्डेलाई महासचिव बनाउनुपर्छ भन्ने मत बलियो छ । भूगोल र राष्ट्रिय राजनीतिमा पकड भएका नेता भएकाले महासचिव पाउनुपर्ने पाण्डेको दाबी छ ।

Sana Kishan

उनी नेकपा एमालेको नवौं महाधिवेशनमा माधव नेपाल समूहबाट उपाध्यक्षका उम्मेदवार थिए । त्यसबेला महासचिवका उम्मेदवार रहेका सुरेन्द्र पाण्डेका दाजु समेत रहेकालाई पाण्डेको दाबेदारी बलियो मानिएको छ ।

सुरेन्द्र पाण्डे भने दश बुँदे सहमति गरी एमालेमै बसेका छन् । मुकुन्द न्यौपाने नेकपा एमालेका संस्थापक नेता समेत हुन् । २०३२ सालमा गठन भएको कोर्डिनेसन केन्द्र (कोके)का आठ संस्थापक केन्द्रीय नेतामध्ये न्यौपाने पनि एक हुन् । उनले पनि महासचिवमा दाबी गरेका छन् ।

तर यी तीन जनाबाहेक तेस्रो पुस्ता भनेर मानिने नेताहरुले पनि महासचिव दाबी गरेका छन् । डा. विजय पौडेल, गंगालाल तुलाधार, प्रकाश ज्वाला लगायतले पार्टीको आकर्षण बढाउन युवाले महासचिवको जिम्मेवारी पाउनुपर्ने दाबी गरेका छन् ।

तुलाधार र ज्वाला माधव नेपाल निकट रहेर राष्ट्रिय राजनीतिमा स्थापित नेता हुन् । गत ५ पुसमा प्रतिनिधिसभा विघटन भएपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित हुँदा तुलाधरलाई अध्यक्ष नेपालले कार्यालय सचिवको जिम्मेवारी दिएका थिए ।

माधव नेपालतिर उभिएकै कारण प्रकाश ज्वालाले प्रदेशसभा सदस्य र मन्त्री पद गुमाएका थिए । कर्णाली प्रदेशमा फ्लोर क्रस हुँदा ज्वालाको सांसद पद गएको थियो भने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगाउन मन्त्री छाडेका थिए ।

युवा नेताहरुमध्ये डा. विजय पौडेलले पनि महासचिवमा सशक्त दाबी गरेका छन् । युवा र अध्ययनशीललाई पार्टीमा आकर्षित गर्न आफू महासचिव हुनुपर्ने उनको दाबी छ । एमाले वृत्तमा बलियो प्रभाव राख्ने मोदनाथ प्रश्रितको लिगेसी समेत पौडेलले बोक्छन् । अनलाइनखबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.