सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जेठ २ कै संरचना अनुसार कमिटिहरु सञ्चालन गर्ने एमालेको निर्णय

महेन्द्रनगर : नेकपा एमाले कञ्चनपुरले १० बुदे प्रस्तावलाई रचनात्मक रुपमा कार्यान्वयन गर्दै जेठ २ को संरचना अनुसार सबै कमिटिहरु सञ्चालन गर्ने निर्णय गरेको छ ।

एकताको निरन्तरतामा माओवादी केन्द्र छाडेर आएका नेता कार्यकर्ताहरुलाई अन्यत्र व्यवस्थापन गर्ने निर्णय भएको छ ।

मंगलबार सम्पन्न जिल्ला कमिटिको वैठकले गरेका निर्णयहरु बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

World Link Ads
Mahakali Polytechnic

वैठकले पार्टी सुदृढिकरण र एकतामा पक्षमा उभिने सबैलाई धन्यवाद दिनुका साथै कुनै कारणवश बाहिर गएका तथा तटष्थ रहेकाहरुलाई पार्टीमै फर्कन आव्हान गर्ने निर्णय गरेको छ ।

‘अहिले पार्टीभित्र तीनवटा मनोविज्ञान रहेको छ, तीनवटैलाई समेटर पार्टीलाई एकताबद्ध बनाएर लैजाने पक्षमा हामी छौं,’ जिल्ला कमिटिका निर्णयहरु सार्वजनिक गर्दै अध्यक्ष वीर बहादुर थापाले भने, ‘त्यहि अनुसार जिल्लाभित्रका गाउँ र नगर कमिटि वंैठक तथा भेलाहरु सम्पन्न भइरहेका छन् ।’

उनका अनुसार हालसम्म ६ नगरपालिका र ्र१ गाउँपालिकामा भेला सम्पन्न भएको छ ।

जिल्लाको दक्षिणी क्षेत्रमा रहेको पुनर्वास नगरपालिका र बेलडाडी गाउपालिका बाहेक सबै स्थानीय तहमा भेला सम्पन्न भइसकेको छ ।

१० बुदे सहमतिमा जेठ २ , जेठ ३ र नेकपाका निरन्तरता लगायतका विषयवस्तुहरु समेटिएकाले त्यसै अनुसार अगाडी बढिरहेका एमाले कञ्चनपुरकी इन्चार्ज निरुदेवी पालले बताइन् ।

Sana Kishan

उनले त्यहि अनुसार पार्टी बाहिर रहेका नेताहरुलाई पु्र्ववत जिम्मेवारीमा फर्कन आग्रह भइरहेको बताइन् ।

वैठकले विश्ववयापी रुपमा फैलिएको कोरोना संक्रमणको नयाँ भेरिएण्टबाट जोगाउन कञ्चनपुरवासी सबैलाई खोपको व्यवस्था गर्न सरकारसंग माग गर्ने, भीमदत्त नगरपालिकाको फोहोरमैला व्यवस्थापन केन्द्रका लागि जग्गा उपलब्ध गराउन सबैलाई सहयोगका लागि अपिल गर्ने, बाढी, पहिरो, डुबान र जंगली जनावरले गरेको नोक्सानको क्षतिपुर्ती दिन र समयमै धानको समर्थन मुल्य तोक्न समेत माग गरेको छ ।

‘तत्कालिन नगर विकास समितिको जग्गा प्रकरणमा अख्तियारले गरिरहेको छानविनमा पनि पार्टीले आवश्यक सहयोग गर्नेछ,’ अध्यक्ष थापाले भने, ‘अख्तियारले चाडो भन्दा चाडो यसको छानविन टुंग्याओस भन्ने हाम्रो चाहना छ ।’

उनले उक्त प्रकरणमा पार्टीका नेता कार्यकर्ताको संलग्नता देखिए कारवाही गर्ने प्रतिबद्धता जनाए ।

एमाले सचिव सुरेन्द्र विष्टले जेठ २ अनु्सार पार्टी कमिटिहरु सबै जेठ २ अनुसार अगाडी बढ्ने बताए । उनले पार्टी बाहिर रहेका साथीहरु आएमा सम्मान सहित पुरानै जिम्मेवारी दिइने बताए ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख समेत रहेका विष्टले तत्काल फोहोर मैला व्यवस्थापन केन्द्रका लागि जमिन उपलब्ध नभए क्षेत्रिय शहरी विकास कार्यक्रमको डेढ अर्व वजेट अन्यत्र जाने भएकाले यसतर्फ सबैले सचेत हुनुपर्ने बताए ।

उनका अनुसार पहिलो चरण अन्तरगत भीमदत्त नगरपालिका क्षेत्रमा सडक निर्माणको काम भइरहेको छ । दोस्रो चरणको सडक निर्माणकै वजेट फोहोर मैला व्यवस्थापन केन्द्रको टुंगा नलाग्दा गुम्ने सम्भावना रहेको बताए ।

उनले नगर विकासको जग्गा प्रकणमा भीमदत्त नगर विकास समितिले पनि छुट्टै टोली बनाएर छानविन गरिरहेको बताए । निति, नियम र प्रक्रिया विना भएको सबै निर्णय र कामकाज खारे हुने उनले बताए । abhiyandainik.com बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.