सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

’माउन्टेन फ्लाइट’ सुरु हुँदै, यतीको उडान हरेक आइतवार

36
Sana Kishan

दोस्रो लकडाउनपछि रोकिएको पर्वतीय उडान अर्थात् माउन्टेन फ्लाइट फेरि सुरु हुने भएको छ । बुद्ध एअरले आउँदो शनिवारदेखि हरेक शनिवार र यती एअरलाइन्सले १० गते आइतवारदेखि हरेक आइतवार उडान गर्ने जनाएको छ ।

मौसममा केही सुधार हुने सङ्केत देखिएको र पर्वतीय उडानका लागि सेप्टेम्बर र मार्च महिना उपयुक्त मानिने भएकाले उडान सुरु गर्न लागिएको यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो ।

Arus

हरेक आइतवारका लागि एटीआर विमानमार्फत एउटा उडान हुने गरी तालिका तय गरिएको र यात्रुहरूको मागअनुसार बिस्तारै उडान सङ्ख्या थप गर्दै जाने नीति लिएको प्रवक्ता बर्ताैलाले बताउनुभयो ।

Nepali Khaja
Karnali Traders

अहिलेका लागि यतीले नेपाली तथा भारतीय नागरिकका लागि सगरमाथाको उचाइ बराबरको आठ हजार आठ सय ४८ र आकर्षक भाडादरमा पर्वतीय उडानको टिकट खरिद गर्न पाइने जनाएको छ । आवासीय विदेशी नागरिकका लागि भने १३ हजार दुई सय ७५ भाडा दर कायम गरिएको बर्तौलाले जानकारी दिनुभयो ।

यतीले दुई वटा टिकटका लागि क्रमशः नौ हजार आठ सय ४८ र विदेशीका लागि १४ हजार सात सय ७५ रुपैयाँ भाडा दर तोकेको छ । यो टिकट खरिद गर्दा भने यात्रुहरूले एउटा झ्याल भएको र अर्कोसँगैको झ्याल नभएको सिट प्राप्त गर्नेछ्न् ।

बुद्ध एअरले भने १० हजार रुपैयाँमा दुई वटा टिकटको व्यवस्था गरेको छ । उज्यालो अनलाइन बाट सभार

 

kfg mit mart
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.