सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

हृदयाघातको भय कसलाई र कसरी हुन्छ ?

अहिले धेरैलाई उच्च रक्तचाप छ, मोटोपन छ, कोलेस्ट्रोलको समस्या छ । यी समस्याहरूले हृदयाघातको जोखिम बढाएको छ ।

त्यसैपनि जाडो मौसम मुटु रोगीका लागि अनुकूल मानिँदैन । बाह्य चिसोको कारण नसाहरु खुम्चने वा साँघुरिने हुन्छ । यसले रक्तप्रवाहमा कठिनाइ ल्याउँछ । जसको सोझो भार, मुटुमाथि पर्छ । यस्ता अनेक कारण छन्, जसले जाडोमा हृदयघातको जोखिम बढाउँछ ।

मुटुमा रगत पु¥याउने नलीमा अवरोध भएमा मानिसलाई हृदयाघात हुने गर्छ । रक्तनलीका विशेषगरी तीनवटा कारणले अवरोध सिर्जना हुने गर्छ ।

World Link Ads
Mahakali Polytechnic

– रक्तनलीमा बोसो जमेमा

Dirghayu Ads

– नली फुटेमा

– रक्तचाप बढेर मुटुमा असर परेमा

हृदयघातको संकेत

Sana Kishan

सामान्यत के मानिन्छ भने छातीमा तीब्र दुखाइ हुनु नै हृदयघातको संकेत हो । यद्यपि यति मात्र हृदयघातको संकेत होइन । हृदयघात हुनुअघि नै छालामा केही अरू संकेत देखापर्छ, जसलाई पहिचान गरेर हामी सर्तक रहन सक्छौं । मुटुको स्वास्थ्य गडबड भएपछि छालामा अनेक किसिमका संकेत देखिन थाल्छ । उक्त संकेतलाई पहिचान गरेर बेलामै सर्तक रहेपछि सम्भावित खतराबाट बच्न सकिन्छ ।

शरीरको अचानक जुनसुकै भागमा स–साना बिबिरा आउँछ भने यसबाट बुझ्न सकिन्छ तपाईंमा हृदय रोग छ । यस्तो बिबिरा शरीरमा कोलेस्ट्रोलको स्तर बढेपछि देखिन्छ । त्यसैले अचानक देखिने यस्ता बिबिरापछि केही सावधान भने रहनुपर्छ ।

दुवै आँखाको छेउमा सेतो–पहेँलो चिप्रा जस्तो देखिन्छ । कसै–कसैमा यो चिप्रा जमेको मैन बत्ती जस्तै पनि देखिन्छ । आँखाका साथै यस्तो चिप्रा हात र खुट्टामा पनि देखापर्न सक्छ । यदि तपाईंमा यस्तो संकेत देखिए तपाईंको कोलेस्ट्रोल नियन्त्रण भएको छैन । यसले कुनैपनि बेला हृदयघातको जोखिम निम्त्याउँछ ।

यदि तपाईंको शरीरको कुनैपनि भागको छालामा नीलो वा बजैनी रंगको देखिन्छ भने सावधान हुनुहोस्, किनभने यो अस्वस्थ्य मुटुको संकेत हो । यस्तो लक्षण धेरैजसो खुट्टाको औंला आसपासमा देखापर्छ । छालामा निलो, बैजनी निसानाको अर्थ हो कि तपाईंको शरीरको कुनै भागमा रगत जमेको छ र पर्याप्त अक्सिजन पुगिरहेको छैन । धमनीमा रगत जम्मा हुँदा धमनी ब्लक हुन्छ, जो हृदयघातको कारण बन्न सक्छ ।

यदि तपाईंको औंलाको माथिल्लो भाग सुन्निएमा यो पनि हृदयघातको पूर्वसंकेत हुन सक्छ । सामान्यत नङको भाग सुन्निनु भनेको मुटुमा संक्रमण भएको वा अरू रोग भएको संकेत हो । कहिलेकाहीँ फोक्सोको समस्याले पनि यस्तो लक्षण देखाउँछ । यद्यपि यी सबै संकेत हृदघातको कारण बन्न सक्छ ।

अचानक तपाईंको औंलामुनि नीलो वा बैजनी रंगको निसाना देखियो भने सावधान रहनुहोस् । यसले पनि हृदय रोगको संकेत गर्छ। हुन त यस्तो निसान चोटको कारण पनि देखापर्न सक्छ । यद्यपि कुनै चोटपटक लागेको छैन भने तुरुन्तै चिकित्सककहाँ पुग्नुपर्छ । यदि तपाईंको हात वा खुट्टाको औंलामा स–साना घाउखटिरा जस्तो देखिन्छ र यो दुख्ने किसिमको छ भने यसले पनि हृदय रोगको संकेत गर्छ । अनलाइनखबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.