सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

द्वन्दकालमा पनि लेकममा काँग्रेसको विरासत जोगाएका कमलापती मिश्रको गाउँपालिका सभापतिमा दाबी

54
Sana Kishan

नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिक आईरहेका बेला दार्चुलामा पनि विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम तिव्र भएको छ । लेकम गाउँपालिकाको सभापतिमा कमलापती मिश्रले उम्मेदवारी घोषणा गरेका छन् । मिश्र सो गाउँपलिकाको वडा नं. ६का अध्यक्ष समेत हुन् । २०३६ सालदेखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय मिश्र हक्की स्वभावका हुन् । राजनीतिमा निष्ठावान देखिएका मिश्रले गाउँपालिकाको सभापतिमा उम्मेदवारी दिएको उनी निकट एक स्थानीय नेताले बताए ।

ती नेताले भने, ‘गाउँपालिका सभापतिमा मिश्रको जीत सुनिश्चित छ, उहाँको राजनीतिक यात्रा हेर्ने हो भने विगतदेखि नेपाली काँग्रेसको राजनीतिलाई गाउँ स्तरसम्म पुर्याउन महत्वपूर्ण योगदान छ, यसलाई पार्टी र कार्यकर्ताले उचित मुल्याङ्कन गर्नेछन् ।’ ती नेताले अगाडी थपे, ‘नेपालमा भएको शशस्त्र द्वन्दका बेला काँग्रेस हुँ भन्नेलाई ज्यान बचाउन समेत गाह्रो थियो । तर उहाँले कति पनि विचलित नभई काँग्रेसको झण्डा नछोडेको इतिहास छ, उहाँले लेकममा काँग्रेसको विरासत जोगाएको हो, यसलाई पार्टी र कार्यकर्ताले उचित मुल्याङ्क गर्नुपर्छ ।’ नेता मिश्र यसअघि साविकको रिठाचौपाता गाविसको सभापति समेत भएका थिए ।

Arus
Karnali Traders

पार्टी संगठनलाई बलियो, असल र नेपाली कांग्रेसको विचारलाई समाजको अभिन्न अंगको रुपमा अघि बढाउन समेत गाउँपालिका सभापतिमा आफ्नो उम्मेदवारी भएको मिश्रले बताए । उनले भने, ‘वीपीको समाजवादलाई लागु गर्नु नै मेरो उद्देश्य हो, ३६ साल देखिको राजनीतिक यात्रा र पार्टीलाई गरेको योगदानको समेत उचित मुल्याङ्कन हुनेछ ।’ उपहार खबर बाट सभार

Nepali Khaja

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.