सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट र युएसएआईडीका चिफ अफ पार्टी मार्क पोमरभिलसँग भेटवार्ता

61
Sana Kishan

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट र युएसएआईडी साझेदारी संघीयता सहयोग कार्यक्रमका चिफ अफ पार्टी मार्क पोमरभिलसँग भेटवार्ता भएको छ । मंगलबार भीमदत्त नगरपालिकामा भएको भेटवार्तामा संस्थागत क्षमता विकास र साझेदारीबारे छलफल भएको हो । नगर प्रमुख विष्टले चिफ अफ पार्टी मार्क पोमरभिलसँगको भेटवार्तामा युएसआईडीसँगको साझेदारीमा सञ्चालित कार्यक्रमका बारेमा छलफल भएको बताउनु भयो । उहाँका अनुसार छलफलमा संस्थागत क्षमता विकास लगायत विभिन्न क्षमता विकास तालिमहरुबारे पनि छलफल गरिएको छ । त्यस्तै छलफलमा नगरपालिकामा साझेदारीमा सञ्चालित कार्यक्रमको प्रभावकारीता , उपलब्धि र आगामी सहकार्य तथा साझेदारीका विषयमा समिक्षात्मक छलफल भएको हो ।

Karnali Traders

साझेदारी अन्तर्गत भीमदत्त नगरपालिकामा सञ्चालन विभिन्न सामाजिक–आर्थिक उत्थानका कार्यक्रम लगायत क्षमता विकास तालिमहरु सञ्चालन भईरहेका छन । भेटवार्तामा साझेदारी संघीयता सहयोग कार्यक्रमका सिनियर प्रोभिन्सियल म्यानेजर नवराज जोशी, भीमदत्त नगरपालिकाका वातावरण अधिक्रित गणेश ठगुन्ना लगायतको सहभागिता रहेको थियो । देशपाटी बाट सभार

Arus

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.