

गुल्मी – पहिरोले घर पुरिँदा घरमा सुतिरहेका तीनजनाको मृत्यु भएको छ। रेसुंगा नगरपालिका–८ थुम्कामा तिलक परियारको घर परिँदा उनका छोरी २१ वर्षया भावना, १४ वर्षीया जुम्ल्याहा छोरी गंगा र जमुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए।
मंगलबार राति करिब १ बजे पहिरोले घर परिँदा सुतिरहेका तीनै जनाको मृत्यु भएको हो। उनीहरुको शव स्थानीय, नेपाली सेना र नेपाल प्रहरीले निकालेको प्रहरीले जनाएको छ।


तिलक, उनकी श्रीमती र अर्की छोरी सुरक्षित रहेको र उनीहरुलाई छिमेकीको घरमा सुरक्षित राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। सगुन खबर बाट सभार

