सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दूधमा बदाम मिसाएर खाँदा मिल्छ यी स्वास्थ्य लाभ !!

बदाम आफैँमा पौष्टिक तत्वले धनी खानेकुरा हो । अर्कोतर्फ, यदि दूधमा मिसाएर यो खाइन्छ भने झनै पोषणको हिसाबले यो महत्वपूर्ण बन्छ ।

यदि हामीले दूधलाई बदाममा मिसाएर खाने हो भने यसमा फाइबर, क्याल्सियम, फलाम, म्याग्नेशियम, फास्फोरस, पोटेशियम, सोडियम, भिटामिन ए, भिटामिन ई, भिटामिन डी जस्ता पोषक तत्वहरु पाइन्छ । बदामले शरीरमा पु¥याउने फाइदाको बारेमा तल उल्लेख गरिएको छ ।

१. हड्डी बलियो बनाउन

World Link Ads
Mahakali Polytechnic

बदामलाई दूधमा मिसाएर सेवन गर्नाले हड्डी बलियो बनाउन सकिन्छ । भिटामिन डी र क्याल्सियम बदाममा बढी पाइने पौष्टिक आहार हो । यस्तो स्थितिमा यसको उपभोग न केवल हड्डी बलियो बनाउन मात्रै गरिन्छ यो समग्र शरीरको विकासको लागि पनि यो प्रभावकारी हुन्छ ।

२. आँखाको स्वास्थ्यको लागि

बदामलाई दूधमा मिसाएर खानु आँखाको स्वास्थ्यको लागि पनि लाभदायक मानिन्छ । दूध र बदाममा भिटामिन ए र ईको मात्रा बढी हुन्छ । जसले मोतियाबिन्दु जस्ता समस्या हटाउन प्रभावकारी देखिन्छ । तर यो दृष्टि बढाउन र आँखाका अरु समस्या कम गर्न पनि यो प्रभावकारी छ ।

३. तौल घटाउन उपयोगी

बदाम र दूध वजन कम गर्न पनि प्रभावकारी हुन्छ । अक्सर मानिसहरुलाई थाहा हुँदैन कि बदाम र दूधले तौल पनि घट्छ । यी दुई खानेकुरामा क्यालोरीको मात्रा पर्याप्त हुन्छ । यसको उपभोगका कारण व्यक्तिहरुले धेरै पोषण प्राप्त गर्न सक्छन् र वजन पनि चाँडै कम गर्न सकिन्छ ।

४. पाचन प्रणालीमा सुधार

पाचन प्रणालीलाई बलियो बनाउन पनि बदाम र दूध उपयोगी हुने गर्छ । बदाम र दूधमा हुने फाइबरले पाचन प्रणालीलाई मात्र सुधार गर्दैन यसले कब्जियत, पेटमा हुने जलन, पेट दुख्ने जस्ता पाचन प्रणालीसँग सम्बन्धित धेरै समस्याहरु पनि यसका लागि उपयोगी छ ।

५. अनिद्राको समस्या हटाउनुहोस्

Sana Kishan

बदाम र दूध अनिद्राको समस्या हटाउन पनि प्रभावकारी हुन्छ । यी दुईको मिश्रण अनिद्राको समस्या हटाउन पनि उपयोगी हुन्छ ।

६. प्रतिरक्षा प्रणाली बढाउनुहोस्

बदाम र दूधको मिश्रण मान्छेको प्रतिरक्षा प्रणाली बढाउन पनि प्रभावकारी हुन्छ । यसमा हुने एन्टी–अक्सिडेन्ट, एन्टी–इन्फ्लेमेटरी गुणहरु पाइन्छ । साथै, यसभित्र पाइने भिटामिन डी र भिटामिन ई पनि प्रतिरक्षा बढाउन उपयोगी हुन्छन् ।

७ ) छाला र कपालको लागि उपयोगी

बदाम र दूधभित्र हुने फलामको मात्राले कपाल चम्किलो, बलियो, आकर्षक बनाउँछ । त्यस्तै, बदाम र दूध पनि कपालका लागि आवश्यक प्रोटिन ढुवानीको काम गर्ने गर्छ । यसबाहेक भिटामिन डी र भिटामिन ई बदाम र दूधभित्र पाइन्छ । जसले छालाको समस्यालाई हटाउन भूमिका खेल्छ । यदि तपाईं छाला र कपाल स्वस्थ बनाउन चाहनुहुन्छ भने खानामा नियमित दूध र बदामको मिश्रण जोड्नुहोस् ।

बदाम र दूधको साइड इफेक्ट

यदि बदाम र दूधको मिश्रण पनि धेरै खाइयो भने यसले असर गर्छ । यसका केही बेफाइदाहरु निम्नानुसार छन् ।

१. एलर्जीको समस्या भएका मान्छेले यो खानु हुँदैन । अन्यथा यसले झनै समस्या निम्त्याउन सक्छ ।

२. यदि तपाईं कुनै रोगबाट गम्भीर बिरामी हुनुहुन्छ भने वा त्यो रोगसँग सम्बन्धित औषधि लिइरहनु भएको छ भने यस्तो खानेकुरा नखान चिकित्सकहरु सुझाव दिन्छन् ।

३.बदामभित्र प्रशस्त मात्रामा पोटासियम पाइन्छ, त्यसैले जो मानिसमा कलेजोको समस्या छ उनीहरुले धेरै बदाम र दूध खानु हुँदैन । किनभने पोटेशियमको मात्रामा हुने वृद्धिले पनि कलेजोमा थप समस्या पैदा गर्न सक्छ । अनलाइनखबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.