सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

डिप्रेसन, रक्तअल्पता तथा उच्च रक्तचापका लागी केरा सबैभन्दा उपयोगी, केराको नियमित सेवनका फाइदाहरु जान्नुहोस् !!

88
Sana Kishan

१. डिप्रेसन– डिप्रेसनको समस्या भएकाहरुले केरा खानु लाभदायक हुने तथ्य पछिल्लो अनुसन्धानले देखाएको छ । केरामा ट्रिप्टोफ्यान भन्ने तत्व हुन्छ जुन एक प्रकारको प्रोटिन हो र यसलाई मानिसको सरीरले सेरोटोनिनमा बदल्छ । सेरोटोनिन यस्तो तत्व हो जसले सरीरमा आनन्द (रिल्याक्स) पैदा गर्छ, तनाव घटाउँछ, मूड सुधार्छ र खुसी अनुभुति गराउँछ । केरामा भिटामिन बी ६ पनि पाइन्छ जसले सरीरमा ग्लूकोजको मात्रा सन्तुलन गराउँछ र यसले पनि तनावलाई नियन्त्रण गर्न सहयोग पूराउँछ । २. रक्तअल्पता तथा उच्च रक्तचाप– केरामा उच्च मात्रामा फलाम तत्व पाइन्छ जसले रगतमा हेमोग्लोबिन अर्थात् रक्तकणको उत्पादन बढाउँछ र रक्तअल्पताबाट बचाउन सहयोग गर्छ । केरामा पर्याप्त मात्रामा पोटासियम लवण पाइन्छ जसले उच्च रक्तचापलाई नियन्त्रण गर्छ ।

३. मस्तिष्कको क्षमता– बेलायतको ट्विकेनह्याम विद्यालयका विद्यार्थीमा गरिएको अध्ययनले केराले विद्यार्थीमा स्मरण शक्ति बढाउने तथ्य प्रमाणित गरेको थियो । केरामा पर्याप्त पोटासियम समेत हुने भएकाले यसले जिउलाई बढि सक्रिय बनाउन मद्दत गर्ने र सिकाइका लागि उत्प्रेरित गर्दछ । ४. कब्जियत– केरामा उच्च मात्रामा फाइबर पाइन्छ जसले पेटको कामलाई दुरुस्त पार्ने तथा पाचन प्रणालीलाई स्वस्थ बनाउने काम गर्छ । यसले अपच तथा कब्जियत जस्ता समस्या समेत कम गर्छ ।

Arus

५. ह्याङओभर– कुनै एकोहोरो तथा दिक्क लाग्ने खालको काम गरेपछि, निकै व्यस्त समयबाट उम्किएपछि वा मदिरापान पछि हुने टाउको दुखाइ अर्थात् ह्याङओभरलाई हटाउनका लागि केरा निकै उपयुक्त हो । खासगरी मिल्क सेक –दुध र केराको लेदो) मा मह मिलाएर पिउनाले टाउको दुखाइ कम हुन्छ । साथै यसले पेटलाई शान्त पार्ने, जिउमा घटेको सुगर लेभललाई सन्तुलित बनाउनुका साथै सरीरको पानीलाई पूनःभरण गर्न समेत मद्दत गर्दछ ।

Nepali Khaja
Karnali Traders

६. छाति पोल्ने– पेटमा अम्लपना बढेर डकार आउने, अमिलो पानी आउने तथा छाति पोल्ने जस्तो समस्या देखिएमा केराको सेवन उपयोगी हुन्छ । केरामा प्राकृतिक अम्लप्रतिरोधी तत्व हुन्छ । ७. गर्भावस्थाको वाकवाकी– गर्भावस्थाका सुरुका दिनहरुमा बिहानपख वाकवाकी आउने तथा वान्ता हुने र जिउ बिमार हुने समस्यासँग जुध्नका लागि केरा निकै उपयोगी हुन्छ । केराले रगतमा चिनीको मात्रा सन्तुलन गर्दछ ।

८. लामखुट्टेले टोकेर दुखेको, चिलाएको वा सुन्निएको ठाउँमा केराको बोक्राको भित्री भाग दल्नाले दुखाइ तथा चिल्चिलाहट कम हुन्छ । ९. स्नायु स्वास्थ्य– केरामा हुने भिटामिन बी का कारण स्नायु प्रणाली स्वस्थ बन्दछ । १०. अल्सर– आन्द्रामा घाउ हुने अर्थात् अल्सरका रोगीका लागि समेत केराको सेवन उपयुक्त हुन्छ । यसले पेटको अम्लपना समेत सन्तुलित गराउने भएकाले यो अल्सर तथा ग्यास्ट्राइटिसका रोगीका लागि फाइदाजनक हुन्छ । ११. जिउको तापक्रम नियन्त्रण– गर्मी याममा सरीरको आँत सितल पार्नका लागि केराको सेवन निकै उपयोगी हुन्छ । यसले सरीरबाट नष्ट हुने पानी तथा चिनीको भरणपोषण तत्कालै गरिदिन्छ । ओएसनेपाल बाट सभार

kfg mit mart
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.